शिखर साकोसमा अनलाइनबाटै सदस्य बन्न सकिने
बिर्तामोड : बिर्तामोडमा स्थित शिखर बचत तथा ऋण सहकारी संस्थामा अब घरमै बसेर सदस्य सकिने भएको छ ।
लकडाउनमा सदस्यहरुले प्रविधिको प्रयोग बढाएसँगै १० वर्षदेखि सञ्चालनमा रहेको शिखर साकोसले समय सापेक्ष प्रविधिमैत्री व्यवस्था गरी घरबाटै सदस्य बन्न सकिने जनाएको छ ।
देश तथा विदेशमा बसेर नै शिखर साकोसको सदस्य बन्न सकिने साथै विदेशमा नै बसेर आफ्नो खातामा रहेको पैसाको जानकारी आफूले लिन सकिने भएको हो । त्यस्तै, स्वदेशमा भुक्तानी समेत दिन सकिने संस्थाले जनाएको छ ।
विदेशको कमाई स्वदेशमा बचत गर्न शिखर साकोस उत्तम संस्था रहने आइटी संयोजक किरण पौडेलले बताउनुभयो । प्रविधिमा अब्बल र सुरक्षित रहेको संस्थाले जनाएको छ ।
संस्थाले खाता खोल्ने मात्र नभएर पुराना सदस्यहरुले घरमा नै बसेर आफ्नो सम्पूर्ण जानकारी सदस्य पहिचान फारम (केवाइएम) भर्न सकिने जनाएको छ । जिल्लामा नै पहिलोपटक शिखर साकोसले यो प्रविधी सुरु गरेको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताउनुभयो ।
संस्थाको वेवसाइट www.shikharcoop.com र मोबाइल एप्सShikhar mBank प्रयोग गरेर संस्थामा रियल टाइममा खाता खोल्न र सदस्य पहिचान फारम भर्न सकिने संस्थाले जनाएको छ ।
विगत २ वर्षदेखि काठमाडौँस्थित प्रिमियम टेक्नोलोजी कोर बैंकिङ सलुसन प्रयोग गरिरहेको शिखर साकोसले नयाँ सेवा सुविधा थप गर्न सकिएको संस्थापक मोहन बनको भनाइ छ । हाम्रो टेक्नोलोजीको सहकार्यमा सञ्चालित शिखर एम बैंक मोबाइल बैकिङ धेरै अपडेट सुविधाजनक रहेको पौडेलले जानकारी दिनुभयो ।
प्रविधिमा नयाँ परिवर्तन नै मुख्य कुरा रहेकाले लकडाउनमा कम्पनीले सहकारीको क्षेत्रमा नयाँनयाँ धेरै सेवा सुविधा थप गरेको हाम्रो टेक्नोलोजीका संस्थापक सिबिओ सञ्जय महासेठले बताउनुभयो ।
बैंकबाट सहकारीमा, सहकारीबाट बैंकमा रियल टाइम बैंक ट्रान्सफर सेवा, कार्डलेस एटिएम सेवा, वालेट लोड लगायलका सेवा संस्थाले प्रदान गर्दै आएको छ । लकडाउनमा सदस्यहरुलाई घरमै सुरक्षित रहेर शिखर एम बैंक प्रयोग गर्न समेत अनुरोध गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार