राष्ट्रिय सहकारी बैंकका संस्थापक अध्यक्ष जोशीको निधन
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा सहकारी अभियानका अगुवा राजेशहरि जोशीको निधन भएको छ । ६६ बर्षको उमेरमा उनको असामयिक निधन भएको हो ।
जोशी ललितपुरको गाःबहालमा अन्य लब्धप्रतिष्ठित व्यक्तिहरुसमेत सञ्चालक रहेको समूदायमा आधारित नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटी लिमिटेडको कार्यकारी अध्यक्ष थिए ।
जोशी जिल्ला सहकारी संघ लिमिटेड ललितपुरका सल्लाहकार, नेशनल को–अपरेटर्स एलाइन्सका सह–अध्यक्षलगायत दर्जन जति प्राराम्भीक सहकारी संस्थाको सल्लाहकार थिए ।
उनी हेटौंडामा मूख्य कार्यालय रहेको तत्कालिन वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको संस्थापक सञ्चालक समेत हुन । उक्त फाइनान्स स्थापनमा उनको ठूलो भूमिका थियो । त्यस्तै हेटौंडामै रहेको मकवानपुर बचत तथा ऋण सहकारी संस्था समेत उनकै पहलमा स्थापना भएको थियो ।
दुई दशक भन्दा बढी समयदेखि सहकारी क्षेत्रमा क्रियाशिल जोशीले सहकारी अभियानका हरेक गतिविधिमा सक्रिय योगदान पु¥याउँदै आएका थिए । समाजसेवाका क्षेत्रमा समेत उनको नाम अग्रपंक्तिमा रहेको । उनको निधनको खबरले पुरै सहकारी क्षेत्रलाई नै स्तब्ध बनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
