प्रतिवेदन नबुझाउने सहकारीलाई जेठ मसान्तपछि निष्कृय घोषणा गर्ने तयारी
सुनसरी : प्रदेश नं. १ मातहतका आधा भन्दा बढी सहकारीले वार्षिक प्रतिवेदन नबुझाएको प्रदेश रजिष्ट्रार कार्यालयले खुलाशा गरेको छ ।
कार्यालयले आज (जेठ २३ गते) एक सूचना प्रकाशित गरेर प्रदेशको नियमनमा रहेका १ हजार ४१ वटा सहकारी मध्ये ४ सय ८९ वटाले मात्र आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाएको विवरण सार्वजनिक गरेको हो ।
कार्यालयका रजिष्ट्रार बलराम निरौलाले जारी गर्नुभएको सूचनामा जेठ मसान्त सम्म पनि तोकीएको जरिवाना तिरेर वार्षिक प्रतिवेदन नबुझाउने सहकारी संघ/संस्थालाई निष्कृय घोषणा गर्ने चेतावनी दिईएको छ ।
सहकारी संघ/संस्थाले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा वार्षिक साधारण सभा सम्पन्न गरि साधारण सभाबाट पारित भएको लेखा परीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन साधारण सभा सम्पन्न भएको ३० दिनभित्र नियामक निकायमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।
प्रदेश १ को नियमनमा रहेका धेरै सहकारीले माघ मसान्त सम्म प्रतिवेदन नबुझाए पछि रजिष्ट्रार कार्यालयले एक महिना समय थप गर्नुका साथै सम्पर्क व्यक्ति तोकेर प्रतिवेदन संकलन अभियान चलाएको थियो ।
कार्यालयको ताकितालाई बेवास्ता गर्दै उक्त मिति सम्ममा पनि ५ सय ५२ वटा सहकारीले प्रतिवेदन नबुझाएपछि कार्यालयले जेठ मसान्त सम्मका लागि अन्तिम मौका दिएको हो ।
कार्यालयले आफ्नो बेवसाईट र आधिकारिक फेसबुक पेजमा हालसम्म प्रतिवेदन नबुझाउने सहकारी संघ/संस्थाको नामावली सार्वजनिक गरेर जेठ मसान्त सम्म प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
कार्यालयका अनुसार सबैभन्दा बढी झापाका २ सय ६ वटा सहकारीले बार्षिक प्रतिवेदन बुझाएका छैनन् । मोरङका ८६, सुनसरीका ४६, इलामका ४३, पाँचथरका २७ र तेह्रथुमका २६ वटा संस्थाले अहिले सम्म प्रतिवेदन बुझाएका छैनन् ।
यसैगरी उदयपुरका १९, ओखलढुङ्गाका १९, खोटाङका १३, ताप्लेजुङका ११, धनकुटाका १६ र भोजपुरका १६ वटा सहकारीले पनि प्रतिवेदन बुझाएका छैनन् ।सङ्खुवासभाका १६ र सोलुखुम्बुका १२ वटा संस्थाले पनि वार्षिक प्रतिवेदन बुझाएको कार्यालयले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
