मिलिजुली कालिञ्चोकले ऋणको ब्याजमा १५ प्रतिशतसम्म छुट दिने
दोलखा : मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले कोभिड–१९ का कारण सदस्यहरुको व्यापारव्यवसाय ठप्प भएकाले ऋणी सदस्यलाई व्याजमा विशेष छुटको व्यवस्था गरेको छ ।
संस्थाले सूचना जारी गरी ऋणी सदस्यहरुका लागि विभिन्न छुटको व्यवस्था भएको जनाएको हो । सदस्यहरुले ऋणको ब्याजमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । तिर्न बाँकी ब्याज आगामी असार १० गते भित्र बुझाएमा २०७८ बैशाख २३ गते पछिको ब्याजमा १५ प्रतिशत ब्याज दिने संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठले जनाएका हुन् । त्यसैगरी तिर्नबाँकी ब्याज २०७८ असार २० गतेसम्म बुझाएमा बैशाख २३ गतेपछिको ब्याजमा १२ प्रतिशत छुट र असार मसान्त भित्र बुझाएमा लकडाउन अवधिभरको ब्याजमा १० प्रतिशत छुट संस्थाले दिने भएको छ । संस्थाले यस अवधिभरका लागि हर्जानामा शत्प्ररतिशत छुट दिने भएको छ ।
त्यसैगरी संस्थाले असार महिनाभरका लागि मासिक बचत, दैनिक र बाल बचतमा दिँदै आएको ब्याजमा १ प्रतिशत थप गर्ने भएको छ । संस्थाले हाललाई आइतबार र बिहीबार बिहान ९ बजेसम्म संस्थाको कार्यालय खुल्ला रहने जनाएको छ । अत्यावश्यक कार्यकालागि तोकिएका सम्पर्क व्यक्तिहरुबाट सेवा लिन संस्थाले अपील गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार