२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी मन्त्रीमा लक्ष्मणलाल कर्ण, आउला त कर्जा सूचना केन्द्र ?

२०७८ जेठ २२, शनिवार
सहकारी मन्त्रीमा लक्ष्मणलाल कर्ण, आउला त कर्जा सूचना केन्द्र ?

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा लक्ष्मणलाल कर्ण नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनमा कर्णले सहकारी मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको हो ।

सरकारमा जनता समाजवादी पार्टी (जसपा)का केही सांसद सहभागी भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गर्नुभएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले गत पुस १० गते मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको जिम्मेवारी दिनुभएको थियो ।

यसरी पाँच महिनामै विभागीय मन्त्री फेरिएपछि मन्त्रायलमा विगतदेखि अल्झिएर बसेका सहकारी ऐन संशोधन, कार्यविधि निर्माण, कर्जा सूचना केन्द्र तथा कर्जा असुली न्यायाधिकरण गठन लगायतका विषय थप समय अनिर्णीत भएर बस्ने सम्भावना बढेको छ ।

छोटो समयमा सहकारी मन्त्री परिवर्तन हुनेगरेकाले पनि मन्त्रालयले सहकारी अभियानले उठाएका ऐन संशोधन लगायतका दीर्घकालीन नीति, योजना तथा कार्यक्रम तय गर्न नसकेको सहकारीकर्मीहरुले गुनासो गरेका छन् ।

अभिलेख

लोकप्रिय