अक्सिजन प्लान्टका लागि सहकारीको ३० लाख सहयोग
काठमाडौं : भक्तपुरका ५ वटा सहकारी संघसंस्थाले अक्सिजन प्लान्ट निर्माणको लागि ३० लाख आर्थिक सहयोग गरेका छन् । भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्न सहकारीहरुलाई आव्हान गरेसँगै पहिलो चरणमा ५ वटा संघसंस्थाबाट ३० लाख रकम नगरपालिकालाई उपलब्ध गराएका हुन् । सहकारी संस्थाका तर्फबाट गएका प्रतिनिधिले उपमेयर रजन जोशी र प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठलाई सो रकम हस्तान्तरण गरेको भक्तपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बताउनुुुुुुभयाे ।
कोभिड १९ को दोश्रो लहत तीब्र रुपमा फैलिएसँग संक्रमितहरुको संख्या एकैपटक धेरैहुँदा आइसोलेसन बेड र अस्पतालमा अक्सिजनको अभाव भएको थियो । नगरपालिकाले त्यसलाई मध्यजनर गर्दै अक्सिजन प्लान्ट बनाउने निर्णय गर्दै संघसंस्थाहरुलाई सक्दो सहयोग गर्न आव्हान गरेको थियो । त्यसै अनुरुप आफूहरुले सहयोगको हात बढाएको अध्यक्ष लाखाजुले जनाए ।
प्लाण्ट निर्माणका लागि सिद्धिगणेश साकोले १० लाख, भक्तपुर साकोसले १० लाख, संगम साकोसले ५ लाख, बाराही साकोसले ४ लाख र बचत संघको तर्फबाट १ लाख रुपैया एकमुष्ट हस्तान्तरण गरिएको हो ।
नगरपालिकाले भक्तपुर नगरपालिकामा रहेका १२० संस्थालाई नै सहयोगका लागि आव्हान गरेको र अन्य संस्थाले पनि यसमा सहभागिता जनाउने जानकारी अध्यक्ष लाखाजुले दिनुभयाे ।
प्लाण्ट निर्माणका लागि ८० लाख देखि १ करोडसम्म लागत लाग्ने र सहकारीहरुको तर्फबाट ५० लाखको हारहारीमा रकम जुटाउने प्रयास रहेको उनले जानकारी दिनुभयाे ।
यस अभि पनि आइसोलेसन केन्द्र बनाउन नगरपालिकालाई सहकारी संघ र संस्थालहरुले ४५ लाख रुपैया सहयोग गरिसकेका छन् । भोलि मात्रै बचत संघ र बालकुमारी साकोसले १ लाख १२ हजार बराबरको २ थान अक्सिजन मेसिन कोरियन अस्पताललाई दिने भएका छन् ।
भक्तपुर नगरपालिकाका ८६ संस्था बचत संघमा आवद्ध रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
