८ असार २०८३, सोमबार

२० वर्षमा पाेखरा राेयल साकाेस, संस्थाले गरेकाे २० उत्कृष्ठ कार्य (भिडियाे सहित)

२०७८ जेठ ८, शनिवार
२० वर्षमा पाेखरा राेयल साकाेस, संस्थाले गरेकाे २० उत्कृष्ठ कार्य (भिडियाे सहित)

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था स्थापनाको २० औं वर्षमा प्रवेश गरेको छ ।

स्थापना दिवसको अवसर पारी संस्थाले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथामको लागि संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २५ हजार थान मास्क र ५० लिटर सेनिटाईजर, जिल्ला प्रहरी कार्यालय कास्कीलाई २५ हजार थान मास्क र ५० लिटर सेनिटाईजर प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले जानकारी दिनुभयाे ।

उपलब्ध स्वास्थ्य तथा सुरक्षा सामग्री एक कार्यक्रमका बीच आवश्यक मापदण्ड पालना गर्दै संस्थाका सचिव चन्द्रप्रसाद गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान डिन डा. नरेन्द्रविक्रम गुरुङलाई र संस्थाका मूख्य प्रबन्धक मीलन ढकालले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस.पि. जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएकाे हाे । हस्तान्तरण कार्यक्रममा प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठले सहकारी संस्थाबाट प्राप्त सहयोग सामाग्रीलाई नागरिकहरुको सुरक्षामा अग्रभागमा खटिने राष्ट्रसेवकहरुको लागि वितरण गरिने जानकारी गर्दै सहकारीको कार्यप्रति उच्च सम्मान व्यक्त गर्नुभयाे । त्यसैगरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान डिन डा. नरेन्द्रविक्रम गुरुङले पोखरा रोयल सहकारीले गरेको सहयोग समाज र राष्ट्रप्रतिको उत्कृष्ठ उदाहरण हो भन्दै यस्तो असल अभ्यास सबै संस्थाहरुले अनुशरण गर्नुपर्ने बताउँदै सहकारी प्रति धन्यवाद ज्ञापन गर्नुभयाे ।

विषम परिस्थितिका बाबजुद संस्थाले २०औं स्थापना दिवस भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान, २० वर्षको २० उत्कृष्ठ कार्यहरुको भिडियो सार्वजनिकीकरण र शुभकामना सन्देश जारी गरि मनाएको छ । शुभकामना सन्देश जारी गर्दै संस्थाका अध्यक्ष तुलसीप्रसाद गुरुङले यो विषम परिस्थितिमा सबैलाई धैर्यधारण गर्न, नेपाल सरकारले जारी गरेको सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्न र आ आफ्नो परिवार साथ सुरक्षित रहन अपिल गर्नुभईकाे छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले संस्थाले सदस्यहरुको अत्यावश्यक कार्यको लागि सम्पर्क व्यक्ति तोकि नियमित रुपमा सेवा प्रदान गरिरहेको, संस्थाका एटिएम सेवा र मोबाईल बैकिङ सेवा संधै खुल्ला रहेको र संस्थाले हेल्लो सदस्य अभियान मार्फत सबै सदस्यहरुको आर्थिक तथा स्वास्थ्य अवस्था बारे जानकारी लिईरहेको र अवस्था सामान्य भए पश्चात नयाँ रणनीति साथ पूर्णतय प्रविधीयूक्त सहकारी निर्माण गर्ने बताउनुभयाे ।

२०औं वसन्तमा पाईला सार्दै गर्दा संस्थामा हाल ७ हजार ३०० बढी शेयर सदस्य, ५० जनालाई प्रत्यक्ष रोजगारी, २० करोड शेयर पूँजी, १२ करोड जगेडा कोष र २ अर्ब बढीको वासलात छ भने ४ जिल्ला कार्यक्षेत्र, ४ वटा कार्यालय मार्फत सेवा, सहकारी लघुवित्त कार्यक्रम, पूर्णरुपमा एटिएम तथा मोवाईल बैकिङ सेवा,क्यू आर कोड मार्फत ईटेलर सुविधा, विविध सामाजिक तथा व्यवासायिक प्रतिष्ठान मार्फत सेवा दिईरहेको संस्थाका मुख्य प्रबन्धक तथा सुचना अधिकारी मीलन ढकालले जानकारी दिनुभयाे ।

भिडियाे हेर्न क्लिक गर्नुहाेगर्नुहाेस्

https://www.facebook.com/watch/?v=2885010435155186

अभिलेख

लोकप्रिय