२४ कात्तिक २०८३, मङ्गलबार

शिव शिखरकाे मुख्य कार्यालय सातामा २ दिन खुल्ने, जुनसुकै समयमा सम्पर्क व्यक्तिमार्फत सेवा लिन सकिने

२०७८ जेठ ४, मङ्गलबार
शिव शिखरकाे मुख्य कार्यालय सातामा २ दिन खुल्ने, जुनसुकै समयमा सम्पर्क व्यक्तिमार्फत  सेवा लिन सकिने

काठमाडौं : भक्तपुरकाे कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले सम्पर्क ब्यक्ती मार्फत सेवा लिन सदस्यलाई आग्रह गरेको छ ।

संस्थाले सूचना प्रकाशन गरी संस्थाको कार्यालय खुल्ने समय र सम्पर्क ब्यक्ती तोकेको हो । सूचनामा कोरोना भाइरस संक्रमण बढ्न नदिन र यसबाट जोगिन सरकारले गरेको निषेधाज्ञाको पालना गर्दै सेवा समय र तालिका प्रकाशन गरेको जनाएको छ ।

सदस्यहरुलाई अत्यावश्यक परेमा मुख्य कार्यालय आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहने जनाएको छ । त्यसैगरी मुख्य कार्यालयबाट एउटा खाताबाट एक लाखसम्म भुक्तानी दिने संस्थाका मुख्य प्रवन्धक लिला नाथ गौतमले बताउनुभयो ।

त्यसैगरी संस्थाका सवै सेवा केन्द्रहरुमा सम्पर्क ब्यक्ती र सम्पर्क नम्वर समेत सूचनामा प्रकाशन गरेको छ । संस्थाले उक्त ब्यक्तीहरुसँग सम्पर्क गरेर सेवा लिन सक्ने जनाएको छ ।

अभिलेख

लोकप्रिय