किसान बहुउद्देश्यीय सहकारीद्वारा टीकापुर अस्पताललाई सय थान अक्सिजन हस्तान्तरण
कैलाली : किसान बहुउद्देश्यीय सहकारी संस्थाले टीकापुर अस्पताललाई १०० सिलिन्डर अक्सिजन रिफिल गरेर हस्तान्तरण गरेको छ ।
सोमबार संस्थाका सन्चालक समिति सदस्य सरोजकुमार शाहले अस्पतालका डाक्टर रमेश उपाध्यायलाई सिलिन्डर हस्तान्तरण गर्नुभएकाे हाे ।
किसान सहकारीले कोभिड १९ को दोस्रो भेरियन्टबाट प्रताडित बिरमीहरुलाई सहज अक्सिजन आपुर्तिका लागि `किसान अक्सीजन बैंक´ सन्चालनमा ल्याई उक्त बैंक मार्फत सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर अस्पताल र लम्की अस्पताललाई अक्सिजन आपुर्ति गर्दै आएको सन्चालक सदस्य सरोजकुमार शाहले बताउनुभयाे । सोमबारसम्म टीकापुर अस्पताललमा अक्सिजन आवश्यकता भएका ३२ जना कोभिडका बिरामीहरुको उपचार भईरहेको अस्पतालले जनाएको छ ।
सहकारी संस्थाले सन्चालन गरेको अक्सीजन बैंकले यस अघि लम्की अस्पताललाई १५० थान रिफिल सिलिन्डर उपलब्ध गराई सकेको छ । स्थानीय अस्पतालहरुमा सिलिन्डर अभाव हुन नदिन संस्थाले अन्य संस्थासँगको सहकार्यमा खाली सिलिन्डर खरिद प्रक्रिया अघि बढाएको संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले जानकारी दिनुभयाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार