सदस्यको आत्मबल बढाउने शिखर साकाेसकाे योजना
बिर्तामोड : कोरोनाको दोस्रो लहर बढेसंगै निषेधाज्ञा लागू भएर सदस्यहरु कोरोनाको त्रासमा रहेका बेला शिखर बचत तथा ऋण सहकारी संस्थाले उनीहरुको आत्मबल बढाउने योजना ल्याएको छ ।
हाल विषम परिस्थितिमा शिखर साकोसले ‘नआत्तिनुस् , मनोबल उच्च राख्नुस् शिखर साकोस छ तपाईको साथमा ’ भनेर सदस्यहरुलाई आत्मबल बढाउने योजना ल्याएको हो । कोरोना संक्रमित हुँदा आत्तिएर आत्मबल घट्दा मानिसको मृत्यु हुने भएकाले सदस्यहरुको आत्मबल बढाउने र दुख पीडामा सहयोग गर्ने कार्यक्रम ल्याइएको शिखर साकोसले जनाएको छ । सदस्यहरुलाई भेटेर पौष्टीक आहार सहयोग गरी मनोबल उच्च बनाउने कार्यको थालनी गरिएको हो । संस्थाले अस्पताल, स्वास्थ्य सामग्री , पोसिलो खानेकुरा, अक्सिजन, रगत, यातायात लगायतको निम्ति पहल गर्ने समेत संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जनाएका छन् । एकातिर कोरोनाको त्रास त छँदैछ, अर्कोतिर व्यापार व्यवसाय ठप्प छ । यस्तो बेला व्यवसायी सदस्यहरुमा आर्थिक भार बढन सक्ने हँुदा केही राहतस्वरुप योजना ल्याईएको सह-सचिव तारा खतिवडाले बताउनुभयाे । विषम परिस्थितिमा निषेधाज्ञाको समय अवधिभर सदस्यहरुलाई हर्जना र जरिवानामा शतप्रतिशत छुट दिने र निषेधाज्ञा अवधिको व्याजमा १५ प्रतिशतसम्म छुट दिने निर्णय गरिएको संस्थाका अध्यक्ष राउतले बताउनुभयाे । विषम परिस्थितिमा सदस्यहरुलाई सुरक्षित रहँदै घरघरमै बस्न र अत्यावश्यक भए सम्पर्क नम्वरमा सम्पर्क गरेर सेवा सुविधा लिन समेत अनुरोध उहाँले जानकारी दिनुभयाे ।
यसैबीच सामाजिक कार्यमा समेत अग्रणी रहेको शिखर साकोसका कर्मचारीहरुले आफ्नो तलवबाट केही रकम कटाएर एकका लागि एक अभियानलाई अक्सिजन बैंक स्थापनाको लागि २ थान अक्सिजन सिलिन्डर सहयोग गर्ने निर्णय गरेका छन् । अहिलेको आवश्यकता अक्सिजन भएको हुँदा हामी कर्मचारीहरुको पनि समाजप्रति उत्तरदायित्व हुनुपर्छ भनेर सो सहयोग गरेको व्यवस्थापक लिलानाथ रेग्मीले बताउनुभयाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
