विकू बचतको दैनिक सेवा जेठ १० सम्म बन्द रहनेे
नवलपरासी : गैंडाकोटमा मुख्य कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्थाले एक साताका लागि दैनिक सेवा बन्द गर्ने भएको छ ।
कोरोना महामारीको दोस्रो लहरबाट सदस्यहरुको स्वास्थ्य सुरक्षामा उत्पन्न भएको जोखिमलाई मध्यनजर गर्दै संस्थाले जेठ ४ गते देखि १० गते सम्म कार्यालयबाट प्रदान गर्ने दैनिक सेवा बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले जारी गरेको निषेधाज्ञा तथा संघीय सहकारी विभागको परिपत्रलाई ध्यानमा राखेर सेवा स्थगन गरेको संस्थाले जनाएको छ ।
संस्थाका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले कार्यालय र सदस्य सेवा केन्द्र बन्द रहेको अवधिमा पनि संस्थाको एटीएम, मोबाईल एप, एसएमएस बैंकिङ, क्यूआर कोड लगायतका विद्युतीय सेवा भने २४ सै घण्टा उपलब्ध हुने बताउनुभयो ।
संस्थाले कार्यालय बन्द भएको समयमा सदस्यलाई दैनिक उपभोग्य खाद्य सामग्री खरिद गर्न तथा औषधि उपचारका लागि आकस्मिक खर्च चाहिएमा सम्पर्क ब्यक्तिमार्फत रकम भुक्तानी दिने ब्यवस्था मिलाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार