सहकारीकर्मीकाे पिसिआर परिक्षण निःशुल्क
२०७८ जेठ ३, सोमबार
झापा : जिल्ला सहकारी संघ, झापाले सहकारीकर्मीकाे नि:शुल्क पिसिआर परिक्षण गराउने भएको छ । संघले सूचना जारी गरी सहकारी संस्थाका संचालक तथा उपसमितिका पदाधिकारीहरुको नि:शुल्क पिसिआर परिक्षण गराउने जनाएको हो ।
संघको बैशाख ३१ गते शुक्रवार बसेको संचालक समितिको भर्चुअल बैठकले निशुल्क पिसिआर परिक्षणको निर्णय गरेको हो । संघले नि:शुल्क पिसिआर परिक्षण गराउन चाहने सहकारी संस्थाका संचालक समिति, उप–समितिका पदाधिकारीहरुलाई जेष्ठ ६ गते बिहिवारसम्म नाम लेखाउन अनुरोध गरेको छ ।
संघले उक्त दिनको १२ बजे सम्म जिल्ला सहकारी संघको ईमेल वा सम्पर्क ब्यक्ती मार्फत नाम टिपाउन अनुरोध गरेको हो । जेठ सात गते ७ नम्वर वडा कार्यालय पशुहाट दमक र ८ गते अनारमनी हेल्थपोष्ट बिर्तामोर्डमा बिहान ११ बजेदेखि परिक्षण हुने जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार