२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी महासंघले भन्याे `कार्यालयमार्फत भौतिक रुपमा प्रवाह हुने सेवा तत्कालकालागि स्थगन गर्नू´

२०७८ वैशाख ३१, शुक्रबार
सहकारी महासंघले भन्याे  `कार्यालयमार्फत भौतिक रुपमा प्रवाह हुने सेवा तत्कालकालागि स्थगन गर्नू´

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सहकारी संघ/संस्थालाई कार्यालयमार्फत भौतिक रुपमा प्रवाह हुने सेवा तत्कालकालागि स्थगन गर्न आग्रह गरेको छ ।

महासंघले आज (बैशाख ३० गते) सहकारी अभियानको तर्फबाट एक अपिल जारी गर्दै सम्पर्क व्यक्ति तोकेर वा सम्भव भएसम्म प्रविधिको माध्यमबाट वैकल्पिकरुपमा अत्यावश्यक वित्तीय सेवा प्रवाह गर्न आह्वान गरेको हो ।
महासंघले निषेधाज्ञा अवधिभरि सहकारीलाई घर दैलोमा गई बचत संकलन गर्ने कार्य हाललाई पूर्णरुपमा स्थगन गर्न आग्रह गरेको छ ।

यसैगरी महामारीको समयमा आफ्ना सदस्यसंग नियमित सम्पर्कमा रही उनीहरुलाई परेको स्वास्थ्य सम्बन्धी समस्याबारे जानकारी लिने र स्थानीय तहसंग समन्वय गरी सदस्य तथा समुदायको स्वास्थ्य सेवामा सहजीकरण गर्न महासंघले सुझाव दिएको छ ।

खाद्यान्न, दूध, फलफूल तरकारीलगायतका गैरवित्तिय सेवा प्रवाह गर्ने सहकारी संघसंस्थाहरुले स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रवाह गर्न महासंघले अपिल गरेको छ ।

अभिलेख

लोकप्रिय