शुक्रपथको सेवा सातामा सातै दिन, आवश्यकताको आधारमा घरदैलो सेवा पनि
काठमाडौं : न्यूरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले कार्यालय सञ्चालन तालिका हेरफेर गरेको छ ।
कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञासँगै कार्यालय खोल्ने समय पनि घटाएको छ । तर, मुख्य कार्यालय भने सातामा सातै दिन खुला हुने संस्थाले जनाएको छ । संस्थाले मुख्य कार्यालय र सात वटा सेवा केन्द्रमार्फत सदस्यलाई वित्रीय सेवा प्रदान गर्दै आएको छ ।
कार्यालय खुला नभएको दिन पनि सम्पर्क व्यक्तीमार्फत सेवा लिन सकिने व्यवस्था मिलाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेले जानकारी दिनुभयो । संस्थाको मोबाईल बैंकिङ एप्सबाट २४ सै घण्टा सेवा लिन सकिने र सदस्यको आवश्यकताको आधारमा घरदैलो सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
संस्थाले सदस्यहरुलाई सुरक्षित कारोबारका लागि शुक्रपथ एप्सको प्रयोग गर्न आग्रह गरेको छ । यस सेवा नलिएका संस्थाले घरमै बसेर सेवा लिन सकिने संस्थाले जनाएको छ ।
शुक्रपथ स्मार्ट एपमार्फत सदस्यहरु घरमै बसेर मोबाईल रिर्चाज, आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, अन्तर बैंक रकम ट्रान्सफर, वालेट लोड, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् । त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी, १४ वटा बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सक्छन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार