१७ भदौ २०८३, बुधबार

सातामा तीन दिन हाम्रो साकोस खुला हुने, सम्पर्क व्यक्तिमार्फत हरेक दिन सेवा

२०७८ वैशाख २२, बुधबार
सातामा तीन दिन हाम्रो साकोस खुला हुने, सम्पर्क व्यक्तिमार्फत हरेक दिन सेवा

काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले आंशिक कार्यालय खुला गरी सदस्यलाई सेवा प्रवाह गर्ने भएको छ । भोली (बिहीबार)बाट एक दिन बिराएर २० प्रतिशत कर्मचारीबाट मात्रै सेवा प्रवाह गर्ने भएको छ ।

संस्थाले पूर्ण रुपमा स्वस्थ्य मापदण्ड पुरा गरी सेवा प्रवाह गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिनुभयो । संस्थाको मुख्य कार्यालय सोमबार, बुधबार र शुक्रबार खुला हुनेछ । त्यसतै चापागाउँ सेवा केन्द्र आईतबार, मंगलबार, बिहीबार खुला हुनेछ । त्यस्तै गोटिखेल सेवाकेन्द्र आईतबार, मंगलबार र शुक्रबार खुला हुने प्रमुख घिमिरेले बताउनुभयो ।

कार्यालय बन्द रहेको दिने सेवा लिनुपर्ने भएमा सम्पर्क व्यक्तिमार्फत सेवा लिन सकिने उहाँले बताउनुभयो । त्यस्तै संस्थाको मोबाईल बैंकिङ प्रयोग गरी २४ सैं घण्डा विभिन्न सेवा लिन सकिने समेत उहाँले बताउनुभयो ।

अभिलेख

लोकप्रिय