अन्तर साकोस विद्युतीय भुक्तानी सेवा सुरु, एउटा सहकारीको भुक्तानी पूर्जा अर्कोबाट साट्न मिल्ने
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आईतबार (आज) बाट अन्तर साकोस विद्युतीय भुक्तानी सेवा सुरु गरेको छ । नेफ्स्कूनमा आबद्ध साकोसहरुको सहजताका लागि भुक्तानी सेवा सुरु गरेको हो । नेफ्स्कूनले यो सेवालाई ‘कनेक्ट साकोस’को नाम दिएको छ ।
अब नेफ्स्कूनका सदस्यद्वारा जारी भुक्तानी पूर्जा फरफारक तथा अन्तर साकोस सदस्यहरुबीच भुक्तानी सेवामा सहजता हुने छ । नेफ्स्कूनले क्लियरिङ हाउसको रुपमा काम गर्ने छ ।
यस सेवामार्फत संघमा आवद्ध सबै संस्थाहरुको भुक्तानी पुर्जा संघका कुनै पनि सदस्य संस्थामा गई सहटी गर्न सक्नेछन् । साथै मोबाईल बैंकिङ्ग प्रविधिको उपयोग गरी संस्था–संस्था र सदस्यहरु बीचमा रकम स्थानान्तरण, संस्थाका सदस्यले संघमा आवद्ध कुनै पनि संस्थाबाट बचत जम्मा गर्न तथा फिर्ता लिन सक्षम हुनेछन् । संस्थाका सदस्यहरुले आफुलाई पायक पर्ने संघको सदस्य संस्थामा गई बचत जम्मा गर्न, बचत फिर्ता लिन तथा मोबाईल बैंकिङ्ग प्रविधिमार्फत समेत बचत जम्मा गर्ने, भुक्तानी दिने, रकमान्तर गर्ने लगायतका सुविधाहरु घरमै बसेर प्राप्त गर्न सक्ने भएकोले कोरोना महामारीको विषम परिस्थितिमा संस्थाहरुलाई आफ्नो सेवा प्रवाहमा सहजता प्राप्त हुने तथा सदस्यहरुले समेत सजिलै भुक्तानी प्राप्त गर्न र भुक्तानी दिन सक्नेछन् ।
हाललाई यो सेवा नेफ्स्कूनमा आबद्ध भएका र यसमा समावेश हुन चाहने बचत तथा ऋण सहकारीहरुका लागि यो सेवा उपलब्ध हुने नेफ्स्कूनले जनाएको छ । नेफ्स्कूनको सफ्टवेयर नेकोस प्लसबाहेकका अन्य सफ्टवेयर प्रयोग गर्ने सहकारीले पनि यो सुविधा प्राप्त सकिने जनाईएको छ ।
नेफ्स्कूनले बैशाख १७ गते यसको परिक्षण गरेको थियो ।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले साकोस अभियानलाई नयाँ उचाईमा लाने कामको थालनी आजबाट भएको बताउनुभयो । साकोसहरुमा प्रविधिगत परिवर्तन (डिजिटल ट्रान्सफरमेशन) को प्रयासलाई अघि बढाउँदै आज चालिएको कदमलाई परिस्कृत र परिमार्जित गराउँदै लैजाने बताउनुभयो ।
कार्यक्रममा नेफ्स्कूनका कायममुकायम प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले सहकारी ऐन तथा नियमावली, कोभिडका बेला प्रविधिको भूमिका, नेफ्स्कूनको रणनीति विषयलाई एकमुष्ठ सम्बोधन गर्ने हिसाबले अन्तर साकोस विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको बताउनुभयो । नेफ्स्कनको रणनीतिक योजनाको ध्येय, परिकल्पना प्रस्तुत गर्दै कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पोखरेलले सहकारी ऐनको परिच्छेद ३ को दफा २५ र नियमावली २०७५ को नियम ८०, उपनियम ४ लाई आधार मानेर यो सेवा उपलब्ध गराइएको बताउनुभयो । त्यस्तै, सहकारीको छैठौं सिद्धान्त, विश्व ऋण परिषद्को साकोस सञ्चालनका सिद्धान्तहरुलाई पनि आधार मानेर यो सेवा सुरु गरिएको बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार