१७ भदौ २०८३, बुधबार

सहकारी मन्त्रालयले भन्यो, ‘झ्याल ढोका खुला राखेर सेवा प्रवाह गर्नु’

२०७८ वैशाख १६, बिहिबार
सहकारी मन्त्रालयले भन्यो, ‘झ्याल ढोका खुला राखेर सेवा प्रवाह गर्नु’

काठमाडौं : बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले क्षेत्राधिकारभित्रका सहकारीलाई स्वास्थ्य सम्वन्धी मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले एक सूचना प्रकाशित गरेर एउटा मात्र काउन्टरबाट झ्याल ढोका खुला राखी सेवा प्रवाह गर्न निर्देशन दिएको छ । त्यसतै सीमित संख्या वा आलोपालो कर्मचारीको व्यवस्था गरेर सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

कोरोना भाईरस ९कोभिड–१९० महामारीको संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी भएको स्थानमा स्थानीय प्रशासनसंग समन्वय गरेर निश्चित कर्मचारीमार्फत सदस्यलाई अत्यावश्यकीय सेवा दिन भनेको छ ।

मन्त्रालयले आर्थिक संकटको परिस्थिति उत्पन्न हुन नदिन सिमित संख्या वा आलोपालो गरी कर्मचारी परिचालन गर्न सबै संघरसंस्थाहरुलाई सुझाव दिएको छ ।

सूचना तथा सञ्चार माध्यमहरुको उचित प्रयोग गरी आफ्ना सदस्यहरुलाई नियमित रुपमा सम्र्पकमा रही निरन्तर सेवा प्रदान गर्न भनिएको छ । सेवा प्रवाह गर्दा भौतिक दुरी कायम गर्दै एउटा काउन्टरबाट मात्र सेवा दिन भनिएको छ ।

यस महामारीको बेला तरलताको अभाव हुन सक्ने भन्दै सदस्यहरुको निक्षेप फिर्ता तथा बचत संकलन लगायतका कार्यका लागि संघ/संस्थाले उचित कार्ययोजना बनाई कार्यालय संचालन गर्न समेत सुझाएको छ ।

त्यस्तै सहकारीहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरु खेर जान नदिन स्थानीय प्रहरी प्रशासनसंग समन्वय गरी सुरक्षित रुपले बजारमा बिक्रिवितरण गर्न सकिने जानकारी गराईएको छ ।

संघरसंस्थारुका संचालक समिति, लेखा समिति लगायत अन्य समिति तथा उपसमितिहरुको बैठक तथा तालिम, गोष्ठी र सेमिनार जस्ता क्रियाकलापहरु भर्चुअल माध्यमबाट संचालन गर्न अनुरोध गरेको छ ।

 

 

अभिलेख

लोकप्रिय