२४ कात्तिक २०८३, मङ्गलबार

निषेधाज्ञामा सहकारी कर्मचारीले प्रयाेग गर्ने सवारीसाधन चल्न दिईने

२०७८ वैशाख १४, मङ्गलबार
निषेधाज्ञामा सहकारी कर्मचारीले प्रयाेग गर्ने सवारीसाधन चल्न दिईने

काठमाडौं : १६ गतेदेखि काठमाडौं उपत्यका सरकारले जारी गरेकाे निषेधाज्ञामा सहकारी संस्थाका कर्मचारीले प्रयाेग गर्ने सवारीसाधन चल्न दिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सुचना जारी गर्दै संस्थाले जारी गरेकाे परिचयपत्रका आधारमा सवारीसाधन चलाउन पाउने जनाएकाे छ ।

निषेधाज्ञाको अवधिमा सदस्यलाई अत्यावश्यकीय सेवा प्रवाह गर्नुपर्ने अवस्था रहन्छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले साेमबार छुट्टाछुट्टै सूचना प्रकाशित गरेर उपत्यकामा बैशाख १६ गतेदेखि एक साताका लागि अत्यावश्यक सेवा क्षेत्र बाहेक अन्य सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेका हुन् । यद्यपि हिजो अवेर बसेको मन्त्री परिषद्को बैठकले निषेधाज्ञाको अवधि एक साताबाट बढाएर १५ दिन पुर्याएको छ ।

तर, ललितपुर र भक्तपुर प्रशासनले भने सहकारीका विषयमा बाेलेकाे छैन ।

अभिलेख

लोकप्रिय