सामुदायिक साकोसको ११ औं सेवा केन्द्र धुलिखेलमा
पनौती : काभ्रेपलाञ्चोक जिल्लाको पनौती–४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले धुलिखेलमा सेवा केन्द्र विस्तार गरेको छ । संस्थाको यो ११ औं सेवा केन्द्र हो ।
काभ्रेपलाञ्चोक र काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) गरी चार जिल्ला कार्यक्षेत्र रहेको संस्थामा २९ हजार सदस्य आवद्ध भएका छन् ।
सेवा केन्द्र उद्घाटनमा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्यञ्जुको प्रमुख आतित्थ्यता र संस्थाका अध्यक्ष प्रकाश बन्जाराको अध्यक्षता रहेको थियो । त्यस्तै कार्यक्रमममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्का, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष रामहरी के.सी., धुलिखेल न.पा. वडाध्यक्षहरु लगायत अतिथिहरुको उपस्थिती रहेको थियो ।
मुख्य कार्यालय पनौती–४, टौखालमा रहेको सामुदायिक सहकारीले २०५१ सालदेखि निरन्तर सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरुलाई आत्मसाथ गर्दै समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर परिवर्तनका लागि सुरक्षित, दिगो र भरपर्दो सहकारी वित्तीय सेवा उपलब्ध गराउँदै आईरहेको छ । यो संस्था सन् २०१२ देखि अन्र्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल रहेको छ ।

संस्थाले प्रदान गर्ने वित्तिय तथा गैर वित्तिय सेवाप्रति सदस्य र कार्यक्षेत्र भित्रका आम जनसमुदायको “सवल र सुरक्षित संस्था” भन्ने विस्वास तथा भरोषालाई उजागर गर्दै वित्तीय सक्षमता, सदस्यहरुको सन्तुष्टी, सुशासनको प्रत्याभुतीका साथ समुदायको आय र जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरुका माध्यमबाट समुदायमा गरेको योगदानको कदर स्वरुप विभिन्न समयमा उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत हुँदै आएको छ । संस्थाले स्थानीय स्तरमा नै सहज र सरल रुपमा सदस्य सेवा प्रदान गर्ने लक्ष्यका साथ सेवा केन्द्रहरु विस्तार गर्ने क्रममा धुलिखेलमा पनि सेवा केन्द्र स्थापना गरी सुरुवात गरेको हो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष कुमारप्रसाद लामिछानेले नव वर्षको शुभकामनासहित स्वागत मन्तब्य राख्नु भएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्था २७ औं वर्षमा चलिरहेको जानकारी गराउँदै स्थापनादेखि वर्तमान सम्मको अवस्थाको जानकारी गराउनु भएको थियो । एकीकरण लगायत संस्थागत संरचना र संस्थाका बस्तु तथा सेवाको बारेमा जानकारी गराउनु भएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार