बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार, उत्कृष्ट सहकारी घाेषणा
काठमाडौं : राष्ट्रिय सहकारी महासंघले पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार प्रदान गर्ने भएको छ ।
६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा महासंघले बिहीबार आयोजना गरेको विशेष कार्यक्रममा बाँस्कोटालाई सहकारी अभियानमा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय सहकारी पुरस्कार प्रदान गर्ने भएको हाे ।
त्यसैगरी महासंघले उत्कृष्ट सहकारी पुरस्कार र उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गर्ने संघ/संस्थाको नाम घोषणा गरिएको छ । महासंघले हरेक बर्ष राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पुरस्कृत हुने संघ/संस्थाको नाम घोषणा गर्दछ र अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार प्रदान गर्ने गर्दछ ।
उत्कृष्ट सहकारी पुरस्कार २०७७ बाट यस बर्ष चितवन जिल्ला सहकारी संघ सम्मानीत हुने भएको छ । त्यसैगरी सातै प्रदेशका सहकारी संस्थाहरुलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरिदै आएको छ । जसअन्तर्गत प्रदेश १बाट कामधेनु दुग्ध विकास सहकारी संस्था लि. इटहरी पुरस्कृत भएको छ । प्रदेश २ बाट त्रियुगा सहकारी संस्था फतेपुर, बागमती प्रदेशबाट महिला सना किसान कृषि सहकारी संस्था लि. पुरस्कृत हुने घोषणा गरिएको छ ।
त्यसैगरी गण्डकी प्रदेशबाट दुम्सी दुग्ध उत्पादन सहकारी संस्था लि. तनहु, लुम्बिनी प्रदेशबाट हाम्रो मध्यवर्दी राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. बर्दिया र कर्णाली प्रदेशबाट दलित महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. मुगु पुरस्कृत भएको हो ।
त्यसैगरी उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट जिल्ला बचत तथा ऋण सहकराी संघ लि. मकवानपुरकी व्यवस्थापक सुमित्रा वाइवा पुरस्कृत हुने घोषणा गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
