सहकारी दिवस (चैत २०) मा ललितपुरमा ‘वृहत् सहकारी गोष्ठी’ हुने
ललितपुर : ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत २० गते ललितपुरमा ‘बृहत्त सहकारी गोष्ठी’ हुनेभएको छ ।
सहकारी दिवस मनाउन गठित मूल समारोह समितिले चैत २० गते ‘सहकारीको समस्या र समाधान’ विषयक एक दिवसीय गोष्ठी आयोजना गरेको हो ।
लिल्ला सहकारी संघको महालक्ष्मीस्थान स्थित कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म संचालन हुने बृहत्त सहकारी गोष्ठीमा सहभागी हुनका लागि आगामी चैत १७ गते सम्म नाम दर्ता गरिसक्नुपर्ने समितिको सचिवालयले जनाएको छ ।
ललितपुर महानगरपालिकाको समन्वयमा जिल्ला सहकारी संघ, विषयगत जिल्ला संघहरु, स्थानीय तहहरु र सहकारीका सरोकारवाला निकायहरुले सहकार्य गरेर ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने थिम सहित ६४ औं राष्ट्रिय सहकारी दिवस मनाउने तयारी गरेका छन् ।
यसैबीच मूल समारोह समितिले चैत १९ गते मंगलबजारमा विहान १० बजेदेखि रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम तय गरेको छ । यसैगरी समितिले चैत १९ र २० गते मंगलबजारमा मण्डला प्रदर्शन गर्नुका साथै चैत २० गते सहकारी गोष्ठी समापन गरेपछि साँझ संस्थाको पायक पर्ने चोकहरुमा दीप प्रज्वलन गर्ने जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार