हब सुरु गरेको डिजिटल सेवा सहकारीका लागि आवश्यक : गर्भनर
काठमाडौं : हब कोपरेटिभ सर्भिस लिमिटेडले सुरु गरेको डिजिटल सेवाको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले प्रशंसा गरेका छन् ।
हब कोपरेटिभ सर्भिस लिमिटेडका पदाधिकारीले हबले दिने सेवाको बारेमा जानकारी गराएपछि गर्भनर अधिकारीले सहकारीलाई डिजिटाइज गर्नु आवश्यक रहेको भन्दै हबले समय सापेक्ष रुपमा सहकारीका लागि आवश्यक सेवा सुरु गरेको बताउनुभयो । ‘सहकारीलाई डिजिटाइज गर्नुप¥यो,’ गर्भनर अधिकारीले भन्नुभयो, ‘हबले सुरु गरेको सहकारीमा डिजिटाइज गर्ने काम आवश्यक छ ।’
गर्भनर अधिकारीले सहकारीमा ठूलो नगद भएकाले डिजिटल प्ल्याटफर्मको प्रयोग गरेर कारोबार गर्न आग्रह गर्नुभयो । सहकारीले आफ्ना सदस्यलाई डिजिटल सेवा दिन सक्ने बताउनुभयो । ‘अनुमति प्राप्त प्ल्याटफर्मसँग सम्झौता गरेर सहकारीले आफ्नो सेवा दिन सक्छ,’ उहाँले भन्नुभयो, ‘आवश्यक सहजीकरण गर्न राष्ट्र बैंक तयार छ ।’
राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष तथा हब कोपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले गर्भनर अधिकारीलाई भेटेर सहकारीलाई प्रविधि मैत्री बनाउन राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने बताउनुभएको थियो । सहकारी विभागबाट अनुमति लिएर सहकारी क्षेत्रमा डिजिटल प्रविधिमार्फत वित्तीय सेवा दिन सुरु गरेको हब कोपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष पौडेलले जाकारी गराउनुभयो । हबले सहकारी क्षेत्रमा डिजिटल प्रविधि मार्फत वित्तीय कारोबार सुरु गरेको बताउनुभयो । ‘सहकारी विभागबाट अनुमति लिएर राष्ट्र बैंकको सहमतिका लागि आवेदन दिएका छौं,’ पौडेलले भन्नुभयो, ‘भुक्तानी सेवा प्रदायक निकायसँग समन्वय गरी काम अघि बढेको छ ।’
सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ मा भएको व्यवस्था अनुसार विद्युतीय प्रणालीमार्फत हबले आफ्ना सदस्यलाई एक सहकारीबाट अर्को सहकारीमा अन्तर सहकारी कारोबार सुरु गरेको अध्यक्ष पौडेलले जानकारी गराउनुभयो । हबले सदस्य सहकारी संस्थाबाट आफ्नो खातामा रकम जम्मा गर्न र झिक्न सक्ने गरी अन्तर सहकारी कारोबार गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । सहकारीलाई बैंक तथा अन्य वित्तीय संस्था जस्तै प्रभावकारी, व्यवस्थित र छिटो–छरितो सेवा दिन विद्युतीय कारोबार सुरु गरेको हबले जनाएको छ । सहकारी नियमावलीमा सहकारी संस्थाले विनियमावलीमा व्यवस्था गरी अन्तरसहकारी कारोबार गर्न सक्ने प्रावधानलाई व्यवस्थित गरेको छ ।
सहकारी विभागबाट विनियम स्वीकृत गरेर देशभर कार्यक्षेत्र रहेको दब कोअपरेटिभले मुलुकै पहिलोपटक विद्युतीय भुक्तानीसहितको नयाँ सेवा दिन सुरु गरेको छ । अधिकांश सहकारी संस्थाहरु म्यानुअल पद्धतिमा सञ्चालन भइरहेको अवस्थामा हबका सदस्यलाई डिजिटल प्रविधि प्रयोग गरेर अन्तरसहकारी कारोबार सुरु गरेको हब कोओपरेटिभले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार