सहकारी दिवसको थिम ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’
काठमाडौं : राष्ट्रिय सहकारी महासंघले ६४ औं राष्ट्रिय सहकारी दिवसको थिम तय गरेको छ । महासंघको मिति २०७७ चैत ५ गते बसेको संचालक समितिको बैठकले सहकारी दिवसको थिम ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरेको हो । महासंघले चैत ६ गते मात्र थिम सार्वजनिक गरेको हो ।
सहकारी व्यवसायलाई मर्यादित बनाउने र सहकारीमा प्रविधि भित्राउन प्रेरित गर्ने उद्देश्यले यो थिम तय गरिएको महासंघले जनाएको छ । कोभिड १९ को महामारीका कारण ६४ औं राष्ट्रिय सहकारी दिवसलाई त्यसविरुद्धको अभियानका रुपमा आव्हान गर्ने अपेक्षा गरिएको थियो । कोभिड १९को महामारीका कारण भएको लकडाउनको समयमा प्रविधिको कम प्रयोगका कारण सहकारीले सरल र सहज रुपमा सेवा प्रवाह गर्न नसकेकाले प्रविधि अवलम्बनमा सहकारीले जोड दिनुपर्ने उद्देश्यका साथ थिम आएको देखिन्छ । यस अघि ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी भन्ने थिम थियो । यस बर्ष पनि महासंघले मर्यादित शब्द छोडेको छैन । महासंघले यस अघि केहि महिना अघि नै थिम सार्वजनिक गर्ने गरेको भए पनि यस पटक दुई हप्ता अघि मात्र थिम सार्वजनिक गरेको हो ।
राष्ट्रिय सहकारी दिवस प्रत्येक बर्ष चैत २० गेत नेपालभरी विभिन्न कार्यक्रम गरेर मनाइन्छ । अघिल्लो बर्ष कोभिडका कारण लकडाउन भएकाले भव्यरुपमा औपचारिक कार्यक्रम भएको थिएन । तथापी महासंघले २०७६ को चैत २० गते सहकारी कोरोना उपचार केन्द्र भने स्थापना गरेर नयाँ सन्देश दिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
