गुडविल सहकारीका सञ्चालक सम्पर्कविहीन, ७ बजेदेखि कार्यालयमा सदस्यको धर्ना
ललितपुर : गुडविल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन बनेका छन् । कार्यालय खुला नै भएपनि संस्थाका सञ्चालक सम्पर्कविहीन छन् ।
बिहान ७ बजेदेखि नै ललितपुरको कुमारीपाटी स्थित संस्थाको कार्यालयमा सदस्यहरुले धर्ना दिएका छन् । सदस्यहरुले ललितपुर प्रहरी परिसरमा सोमबार नै निवेदन दिएका छन् ।
सहकारीका सञ्चालक सदस्यको करोडौं रुपैयाँ रकम उठाएर भागेको एक सदस्यले बताए । आफ्नो निक्षेप माग गर्दा विगत केही समयलेखि आलटाल गर्दै आएको र एकाएक सम्पर्कविहिन भएको बताईएको छ ।
संस्थाविरुद्धको उजुरी ललितपुर प्रहरी परिसरमा परेको प्रवक्ता प्रज्वल महर्जनले जानकारी दिनुभयो । सहकारीका नियामक निकायमा संस्थाका बारेमा बुझ्न सहकारी विभाग पठाईएको उहाँले बताउनु भयो ।
संस्थाका संचालकको खोजी भइरहेको समेत जनाईएको छ । संस्थाका सदस्यहरुका अनुसार करिब ८० करोड रुपैयाँ निक्षेप रहेको छ । संस्थामा कर्मचारीहरु मात्र उपस्थित भएका छन् । संस्थाका कुनै पनि सञ्चालक सदस्यको सम्पर्कमा आएका छैनन् ।
कार्यालयमा ७०/८० जना सदस्यले धर्ना दिएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार