पाेखरा राेयल साकोसका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम, पाँच दिनसम्म सञ्चालन हुने
सौराहा : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा चितवनको सौराहामा सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (सियूडिसिसी) सुरु भएको छ ।
संस्थाका सञ्चालक, लेखा सुपसिवेक्षण समिति, विभिन्न उपसमितिहरु र उच्च व्यवस्थापनका गरि २४ जना सहभागी उक्त तालिम चैत्र १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ । तालिम कार्यक्रमको आज एक कार्यक्रम बीच नेफस्कूनका उपाध्यक्ष शान्ति अधिकारीले उद्घाटन गर्नुभयो ।
उद्घघाटन क्रममा प्रमुख अतिथि अधिकारीले बचत तथा ऋण सहकारी संस्था सञ्चालनको लागि सञ्चालकहरुमा दिगो सोंच र प्रवल ईच्छाशक्ति हुनुपर्ने धारणा राख्दै विगतका ईतिहासमा अल्मलिनु भन्दा भविश्य कस्तो बनाउने भन्ने तर्फ योजना बनाउनु पर्ने र बचत तथा ऋण सहकारीहरु केवल वित्तीय गतिविधीमा मात्र सिमित नरहि सदस्यहरुको सामाजिक तथा व्यावसायिक हितका लागि संस्थागत रुपमा ठूला परियोजनाहरु सञ्चालनका लागि तयार रहनुपर्ने मन्तव्य व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षता, उपाध्यक्ष रुद्रकुमारी गुरुङको स्वागत मन्तव्य र संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङको सञ्चालनमा रहेको कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत बल्लभ तिमिल्सिना, निवर्तमान प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल र चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।
गण्डकी प्रदेशको पोखरामा प्रधान कार्यालय रहेको संस्था हाल नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.द्धारा सञ्चालित पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) गण्डकी क्लस्टर अन्तरगत आवद्धता रहेको साथै संस्थाले ७ हजार सदस्य मार्फत २ अर्ब बराबरको वित्तीय कारोबार गरिरहेकोे संस्थाको सूचना अधिकारी मीलन ढकालले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार
मानवीय सेवामा विकूको योगदान, एकैदिन ३१० पिन्ट रक्त संकलन
२५ श्रावण २०८३, सोमबार
बुडोल सामुदायिक साकोसका कर्मचारीलाई सीप र व्यावसायिकता विकास तालिम
२४ श्रावण २०८३, आईतवार