साधारणसभाको प्रतिवेदन बुझाउनु भयो ?, जरिवानामा परिएला है ! (जरिवाना लगाउने पत्रसहित)
इटहरी : साधारण सभाको प्रतिवेदन नबुझाउने सहकारी सघं संस्थालाई प्रदेश नम्बर १ सहकारी रजिस्ट्रार कार्यालयले कारबाही गर्ने भएको छ । रजिस्ट्रार कार्यालयले सूचना जारी गरी चैत १ गतेपछि प्रतिवेदन बुझाउने सहकारीलाई ५ हजारसम्म जरिवाना गर्ने बताएको छ।
५ सयदेखि ५ हजारसम्म जरिवाना गर्ने सूचनामा भनिएको छ। चैत १ गतेपछि आर्थिक वर्ष ०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाउन आएमा त्यस्ता सङ्घ संस्थाका जिम्मेवार व्यक्तिहरूलाई जरिवाना गर्ने सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ, एक करोडसम्म वासलात भएका संस्थालाई ५ सय, ५ करोडसम्म वासलात भएका संस्थालाई १ हजार, १० करोडसम्म वासलात भएका संस्थालाई १ हजार ५ सय र १० करोड माथि वासलात भएका संस्थालाई २ हजार जरिवाना लाग्ने जनाएको छ । त्यसै गरी विगत वर्षको प्रतिवेदन नबुझाई यस वर्षको मात्र बुझाउन आएमा ५ हजारसम्म जरिवाना हुने सूचनामा उल्लेख छ ।
सहकारी सङ्घ संस्थाहरूले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र साधारण सभा सम्पन्न गरिएको प्रतिवेदन सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । साधारण सभा सम्पन्न भएको ३० दिन भित्र लेखापरिक्षण सहितको सभाले पारित गरेको वार्षिक प्रतिवेदन नियमनकारी निकायमा पेस गर्नु पर्ने प्रावधान सहकारी ऐनमा छ । कार्यालयले सहकारी सङ्घ संस्थालाई वार्षिक प्रतिवेदन बुझाउन फागुन २० गतेसम्मको समय दिएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
