३० असार २०८३, मङ्गलबार

सहकारी विभागकाे रजिस्ट्रारमा लीलाप्रसाद शर्मा, बुधबारदेखि हाजिर हुँदै

२०७७ फागुन २५, मङ्गलबार
सहकारी विभागकाे रजिस्ट्रारमा लीलाप्रसाद शर्मा, बुधबारदेखि हाजिर हुँदै

काठमाडौं । संघीय सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी लीलाप्रसाद शर्माले प्राप्त गर्नुभएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शर्मालाई सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी दिएको हो । शर्माले फागुन २६ गते बुधबारबाट विभागको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।

शर्मा यसअघि भूमि सम्बन्धी समस्या समाधान आयोगको सचिवको जिम्मेवारीमा रहनुभएको थियो । रजिष्ट्रार डा.टोकराज पाण्डेलाई सरकारले रक्षा मन्त्रालयमा सरुवा गरेपछि शर्मालाई विभागको जिम्मेवारी दिइएको हो । बुधबार नै पाण्डेको बिदाइ तथा शर्माको स्वागत कार्यक्रम रहेको विभागले जनाएको छ । पाण्डेले २०७५ फागुन २९ गते विभागको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

अभिलेख

लोकप्रिय