मेगा ड्रिमको छैंठौं सेवा केन्द्र थानकोटमा, कुल वासलात १ अर्ब ७५ करोड
काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले चन्द्रागिरि नगरपालिकामा सेवा केन्द्र विस्तार गरेको छ । संस्थाले शनिबार एक कार्यक्रमको बीच चन्द्रागिरि नगरपालिका– ५, थानकोटमा छैंठौं सेवा केन्द्र विस्तार गरेको हो ।
सेवा केन्द्र विस्तार कार्यक्रममा प्रदेश सांसद रमा आले, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरि, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेती, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख मोहन खाँड लगायतको उपस्थितीमा सेवा केन्द्र उद्घाटन गरेको हो ।
संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक विभिन्न उपसमिति, कर्मचारी र स्थानीय व्यक्तिहरुको सहभागिता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलालले वार्षिकोत्सवकै अवसरमा सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको भए पनि विविध कारणले गर्दा केहि ढिलाई हुन गएको बताउनुभयो । संस्थाले कृषि, आवास जस्ता केही नयाँ परियोजना सञ्चालनका लागि अध्ययन गरिरहेको र त्यसका लागि आन्तरिक रुपमा कार्यविधि बनाउने काम जारी रहेको बताउनुभयो ।
संस्थाले सदस्यहरुको सुविधालाई ध्यानमा राखी ‘फन पे’ मार्फत संस्थाबाट बैंक र बैंकबाट संस्थामा रकम ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको उहाँले जनाए । संस्थाले यस अघि नै एटिएम र मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको छ ।
संस्थामा ११ हजार भन्दा बढि सदस्य आवद्ध रहेका छन् भने चुक्ता पुँजी १४ करोडको हाराहारीमा रहेको छ । संस्थाले यस अवधिमा १ अर्ब ७५ करोड कुल वासलात पुगेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
११ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार