हाम्रो साकोसको सेवा केन्द्र चापागाउँ र गोटिखेलमा, वित्तीय सेवा लिन सदस्यलाई अझै सहज
ललितपुर : हाम्रो बचत तथा ऋण सहकारी संस्थाले २ वटा सेवा केन्द्र विस्तार गरेको छ । संस्थाले चापागाउँ र गोटिखेलमा सेवा केन्द्र विस्तार गरेको हो ।
फागुन ७ गते (शुक्रबार) चापागाउँ सेवा केन्द्रको उद्घाटन बागमती प्रदेशका सांसद चेतनाथ सञ्जेलले गर्नुभएको थियो । त्यस्तै फागुन ८ गते (शनिबार) गोटिखेल सेवा केन्द्रको उद्घाटन महाकांल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले गर्नुभएको थियो ।

संस्थाको मुख्य कार्यालय ललितपुर महानगरपालिका–६ प्रयागपोखरीमा रहेको छ ।

२०७६ मंसिर ३० गते हाम्रो नमुना साकोस, हाम्रो थैली साकोस र सेवक साकोस बीच एकीकरण भई हाम्रो साकोस कायम भई एकीकरण भएको थियो ।
२०७७ असार मसान्तसम्म संस्थामा ५ हजार ४ सय ३० जना सदस्य रहेको छ । संस्थाको सेयर पूँजी १४ करोड ६ लाख, बचत ९७ करोड ५३ लाख, कर्जा १ अर्ब ५ करोड ८० लाख रहेको छ । संस्थाको २२ औं वार्षिक तथा एकीकृत साधारण सभा मंसिर १३ गतेदेखि २७ गतेसम्म सञ्चालन गरेको थियो ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार