जनमुखी साकोसका सदस्यलाई छुटको बहार, ऋणको ब्याजदर पनि घट्यो
दोलखा : दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको लागि राहत कार्यक्रम ल्याएको छ ।
माघ १८ गते निर्वाचित सञ्चालक समितिको दोस्रो बैठकले सदस्य मैत्री कार्यक्रमहरुलाई अगाडी बढाएको हो । संस्थाको २३ औं बार्षिक साधारण सभाबाट अध्यक्षमा माधवप्रसाद दहाल निर्वाचित हुनुभएको थियो ।
कोरोनाको महामारीले लामो समय जनजीवन प्रभावित भई व्यवसायमा ठुलो असर परी सदस्यहरुले संस्थामा रहेको ऋणको किस्ता तथा व्याज बुझाउन नसकेकोले केही सहुलिएत होस भनेर छुटका कार्यक्रमहरु ल्याएको हो ।
ऋणको व्याजदर १३ प्रतिशत रहेको उक्त सहकारीमा हाल व्याजदर घटाइएको छ । त्यस्तै ऋणको हर्जनामा समेत छुट दिइएको संस्थाका अध्यक्ष माधवप्रसाद दहालले जानकारी दिनुभयो ।
नयाँ ब्याजदर अनुसार त्रैमासिक वा अर्धबार्षिक किस्ता बुझाउने ऋणको व्याजदर १२ प्रतिशत कायम गरिएको छ । मासिक किस्ता बुझाउने सबै प्रकारको ऋणको व्याजदर ११ प्रतिशत कायम गरिएको दहालले जानकारी दिनुभयो । त्यस्तै सामुहिक जमानत ऋण, संस्थागत ऋणको ब्याजदर १० प्रतिशत कायम गरिएको छ । नियमित बचत सापटी ऋणको व्याजदर ९ प्रतिशत कायम भएको छ ।
त्यसैगरी २०७६ चैत्रभन्दा अगाडीदेिख भाखा नाघेको ऋणको हर्जनामा ९० प्रतिशत छुट, चैत्रदेखि यता भाखा नाघेको ऋणको हर्र्जनामा शत प्रतिशत छुट, मासिक बचत गर्न छुटेका सदस्यहरुलाई बचत जम्मा गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट र २०७७ फाल्गुण महिनाभर संस्थाको सदस्यता लिनेलाई प्रवेश शुल्कमा शत प्रतिशत छुट गरिएको दहालले बताउनुभयो ।
संस्थाको २३ औं बार्षिक साधारणसभाबाट ११ प्रतिशत सेयर लाभांश पारित भएको थियो । त्यस्तै संरक्षित पूँजी फिर्ता कोषको रकम पनि सदस्यको खातामा जम्मा गरिसकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार