एकीकृत फ्रेण्डसिपमा गाभियो थप ३ वटा सहकारी
दोलखा : जिरी स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था (Ekikrit Friendship Saccos), जिरीले थप तीन वटा सहकारी एकीकरण गरेको छ । जिरीश्वरी महिला साकोस, भिभेश्वर नगरपालिका स्थित कुखुरा व्यवसायी साकोस र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका स्थित प्रिति साकोस बीच एकीकरण सम्पन्न गरेको हो ।
एकीकृत फ्रेण्डसिप साकोसले २०७१ साल पौष १६ गते विभिन्न उद्देश्यका ९ वटा सहकारी संस्थाहरु एकै साथ एकीकरण गर्न सफल भएको थियो । त्यस्तै २०७४ सालमा जिरी नगरभित्र रहेका थप २ वटा सहकारी संस्थाहरु एकीकरण गरेको थियो ।
संस्थाको दर्ता नं. ३०१/०४९–५० कायम गर्दै माघ २९ गते बागमती प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्वीकृत प्राप्त गरेको छ ।
हाल संस्थाको कार्यक्षेत्र दोलखा जिल्लाको जिरी नगरपालिका र रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकाको १, २, ३ र ४ वडा रहेको थियो । हाल संस्थाको संस्थाको कार्यक्षेत्र दोलखा जिल्लाको जिरी नगरपालिका, वैतेश्वर गाउँपालिका र भिमेश्वर नगरपालिका साथै रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिका समेत कार्यक्षेत्र थप गरेको छ ।
हाल संस्थाले मुख्य कार्यालयसहित जिरी नगरपालिका र गोकुलगंगा गाउँपालिकामा समेत गरी ९ वटा स्थानहरुबाट सदस्यलाई वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले भिमेश्वर नगरपालिका स्थित चरिकोट, गोकुलगंगा गाउँपालिकाको बेतालीमा र उमाकुण्ड गाउँपालिको प्रितिमा थप सेवा केन्द्र विस्तार गर्ने लक्ष्य लिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार