फलोअप : भोलीबाट सदस्यको बचत फिर्ता गर्दैै रारा साकोस
विराटनगर : विराटनगर–७, स्थित रारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको बचत फिर्ता गर्ने भएको छ । संस्थाले सोमबारबाट सदस्यको बचत फिर्ता गर्ने जनाएको छ ।
संस्थाका अध्यक्ष शेरबहादुर थापा मगरका अनुसार सोमबारबाट सदस्यको बचत फिर्ता गरिने बताउनुभयो । संस्थाले गरेको लगानी उठ्न नसक्दा समस्या उत्पन्न भएको बुझिएको छ । संस्थामा सदस्यको बचत करिब १० करोड रुपैयाँ रहेको छ । संस्था समस्याग्रस्त अवस्थामा पुगेको जानकारी पाएपछि सदस्यहरु आफ्नो बचत फिर्ता लिन लागि परेका छन् ।
बचत फिर्ता गराउन नसके पनि विभिन्न बहानामा कार्यालय बन्द गरिएको थियो । शुक्रबार कार्यालय खुलेको भएपनि रकम भुक्तानी गर्न संस्थाले नसकेको अध्यक्ष शेरबहादुर थापा मगर स्विकार गर्नुहुन्छ । सदस्यहरुले प्रहरी कार्यालयमा समेत उजुरी दिईसकेका छन् । प्रहरी कार्यालयले छलफलको लागि संस्थाका प्रतिनिधिलाई बोलाएका छन् ।
संस्थाका अध्यक्ष मगरका अनुसार लगानी उठ्न नसक्दा समस्या आएको बताउँछन् । करिब १२ करोड रुपैयाँ ऋण लगानी उठ्न नसकेको बताउनुभयो । ‘सदस्यको बचत फिर्ता गराउने नै छौं’, उहाँले भन्नुभयो, ‘अहिले संस्थामा पैसा छैन । हामी म्यानेज गर्दै छौं ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकमा विज्ञ सञ्चालक बन्न अवसर, आवेदन खुला
११ असार २०८३, बिहीबार
सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिए पनि नीतिगत अवरोध कायम
१० असार २०८३, बुधबार