११ वर्षमा मेगा ड्रिम सहकारी, बहुउद्देश्यीय परियोजनाको खोजी
काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था ११ वर्षमा प्रवेश गरेको छ । २०६७ माघ ११ गते दर्ता भई सञ्चालनमा आएको मेगा ड्रिम हाल काठमाडौंकै उत्कृष्ठ सहकारी संस्थाको परिचय बनाएको छ ।
स्थापना कालमा बचत तथा ऋण सहकारीको रुपमा रहेको संस्था २०७२ सालबाट उद्देश्य परिवर्तन भई बहुउद्देश्यीय कायम भएको हो । ५ लाख पूँजीबाट सुरु भएको मेगा ड्रिमको चुक्ता पूँजी १४ करोड पुगेको छ । संस्थाको कुल वासलात १ अर्ब ७० करोड पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलालले जानकारी दिनुभयो ।
संस्थामा ११ हजार सदस्य आवद्ध भएका छन् । संस्थाको प्रधान कार्यालय बालाजु माछापोखरी सहित चावाहिल, जोरपाटी, न्युरोड, कालिमाटी सेवाकेन्द्रबाट सदस्यलाई वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थाबाट १ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
११ औं वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंको थानकोटमा सदस्य सेवा केन्द्र विस्तार गर्ने प्रमुख कार्यकारी अधिकृत गेलालले जानकारी दिनुभयो । केही दिनभित्रै सेवा केन्द्रबाट सेवा सुरु गर्ने बताउनु भयो । संस्थाले बचत तथा ऋणको काम गर्दै अन्य बहुउद्देश्यीय काम गर्ने तयारी समेत गरेको बताउनुभयो । ‘हामी बहुउद्देश्यीय परियोजनाको खोजीमा छौं’, गेलालले भन्नुभयो, ‘उपयुक्त परियोजनामा संस्थाबाट लगानी गर्ने छौं ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार