३० असार २०८३, मङ्गलबार

सहकारीमा प्रदेश सांसद प्रभा कोइरालाको लज्जास्पद हार

२०७७ माघ ४, आईतवार
सहकारीमा प्रदेश सांसद प्रभा कोइरालाको लज्जास्पद हार

पोखरा : जिल्ला सहकारी संघ, कास्कीको निर्वाचनमा प्रदेश सांसद प्रभा कोइरालाको लज्जास्पद हार भएको छ ।

शनिवार भएको निर्वाचनमा कोइराला राष्ट्रिय प्रतिनिधिको लागि उम्मेदवार बन्नुभएको थियो । निर्वाचनमा उहाँले ८६ मत मात्रै प्राप्त गरी लज्जास्पद हार ब्यहोर्नु भएको छ ।

कोइरालालाईपछि पार्दै दीपक प्रकाश आचार्य २१४ मत सहित निर्वाचित हुनुभयो । कोइराला श्री सिद्धिविनायक महिला साकोस र आचार्य काहुँदेउराली सहकारीका प्रतिनिधि हुनुहुज्छ ।

कोइरालाई २ पटक राष्ट्रिय सहकारी महासंघको सञ्चालक बनिसक्नु भएको छ । यता, प्रदेश सांसद पनि हुनुहुन्छ । तर, पनि सहकारीको पदका लागि मरिहत्ते गर्नुभएको हो । यस पटक भने राष्ट्रिय सहकारी महासंघको प्रतिनिधि बन्ने सपना तुहिएको छ ।

अभिलेख

लोकप्रिय