‘ओमदेवी’ लाई मन्त्रीक्वार्टरको ढोका बन्द, ‘श्रीमानले खान–लाउन नदिएको’ भन्दै सम्बन्धबिच्छेद
काठमाडौं । घटना केही समय अघिको हो । उनले भनिन्, ‘दाई, एउटा जरुरी सल्लाह छ, तपाईको क्वार्टरमा आउँदै छु ।’ सुन्नासाथ ‘दाई’ जंगिए, ‘किन आउनुपर्यो मेरो क्वार्टरमा, तिमिले गर्दा घर विग्रिन लाग्यो । आउनुपर्दैैन ।’
र, योचाँहि अघिल्लो मंगलबार, २३ बैशाखका दृश्य, जिल्ला अदालत, बबरमहल, काठमाडौंको । ड्युटिमा बसेका प्रहरी हवल्दार नवराज जैसिले अदालतभित्र छिर्न लागेका लालाबालातिर हेर्दै भने, ‘नानी–बाबु हो, तिमीहरुले पास नलगाएको ?’ दिज्यू, हजुरले पनि पास पास लगाउनुपर्यो ।’ ‘दिज्यू’ ले हवल्दारलाई झर्किए जवाफ लाइन्, ‘मान्छे चिन्या’छैनौं । म नेपाली कांगे्रसको ‘सभासद् हुँ । मसंग तिमिले पास माग्ने ?’ जैसिले ‘सभासद् हुँ’ भन्नेको छातीतिर हेरे, लोगो देखेनन् । ‘हजुरले लोगो लाइस्या छैन, अनुहारमा सभासद् लेख्या हुन्न हजुर, कसरी थाहा पाउने त ?’ यस्तो भनाभनपछि एक छोरा र एक छोरीसहित मान्यज्यू जिल्ला अदालतको मुनद्वारबाट भित्रिइन् । झण्डै दुई घण्टापछि एकजना अधबैशे आँखाभरि आँशुको ढिक्का झार्दै बाहिरिए । भन्दै थिए, ‘किन यस्तो गरेको होला ? मैले के भन्या र्थे ? के गर्याथैं ? यो उमेरमा आएर………?’ यसरी जिल्ला अदालतभित्रै पतिलाई रुवाएर सम्बन्धबिच्छेद गरेकी छन् समानुपातीक सभासद् ओमदेवी मल्ल जोशी । उनले काठमाडौं जिल्ला अदालतमा ‘श्रीमान्ले खान–लाउन नदिएको’ भन्दै सम्बन्धबिच्छेद तथा अंश चलनमा मुद्दा दिएकी थिइन । अदालतले मेलमिलापका निम्ति त्यसदिन तीन पक्ष (पति किरण, पत्नी ओमदेवी– छोरा ओकिन, छोरी ओकिता’ लाई उपस्थित हसन भनेको थियो । तीनै पक्ष उपस्थित भए । पत्नी र सन्तानले अलग्गै बस्ने भनेपछि पति किरण जोही चाहेर पनि अलग्गिन बाध्य भएका छन् । उनीहरु अलग्गिएका मात्रै छैनन्, मानाचामाल र अंशका नाममा पनि किरणले सम्पत्ति झण्डै झण्डै रित्तिने स्थिती पनि बनेको छ ।
उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको ससुराली गाँउ गोरखा, धुवाकोट माइत भएकी उनी अर्का मन्त्री विमेलेन्द्र नीधिको जोडबलमा सभासद् भएको बजारमा हल्ला छ । उनै हुन् ‘दाई’ जो संग अदालती काम सिध्याएर ओमदेवीले भेट्नकालागि समय मागेकी थिइन् । तर, नाम सुन्नासाथ क्रुद्व बनेका विमेलेन्द्रले भेट्नै अस्विकार गरिदिए । साभार : जनआस्था साप्ताहिक
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार