नेफ्स्कून र बाँके जिल्ला बचत संघबीच साझेदारी कार्यक्रममा सम्झौता
बाँके : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र बाँके जिल्ला बचत संघबीच साझेदारी कार्यक्रममा सम्झौता भएको छ । नेफ्स्कून–जिल्ला बचत संघ साझेदारी कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी र जिल्ला बचत संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवालीले हस्ताक्षर गर्नुभएको थियो । केही समय अघि जिल्ला बचत संघ रौतहटसँग पनि जिल्ला संघ साझेदारी सम्झौता भएको थियो ।
बिहीबार भएको कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले साझेदारीमार्फत बचत तथा ऋण सहकारी सञ्चालनमा प्रभावकारिता ल्याउन, आबद्ध सदस्य संस्थाहरुलाई प्रदान गरिने तालिम शिक्षा तथा सेवाहरुमा एकरुपता ल्याउन र साकोस अभियानको पहुँच जिल्ला संघमार्फत स्थानीय स्तरसम्म अभिवृद्धि गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले अभियान सुदृढीकरण तथा सञ्जाल क्षमता विकास गरी सहकारी ऐन तथा नियमावली बमोजिम नेफ्स्कून र जिल्ला बचत संघबीच व्यावसायिक एकरुपताका साथै स्थानीय जिल्ला संघहरुलाई उत्तरदायी बनाउँदै सुशासन स्थापना गर्न साझेदारी कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । उक्त कार्यक्रममा नेफ्स्कूनका ब्यवस्थापन उप–समिति सदस्यहरु बचत संघका पदाधिकारीहरु सहित नेफ्स्कून नेपालगंजका फिल्ड कार्यालय इन्चार्ज यम बहादुर डाँगीको उपस्थिति थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
