आबद्ध साकोस बिर्तामोडको ८ औं साधारण सभा सुरु
बिर्तामोड : झापाको बिर्तामोड–५ जात्रुवाडीमा रहेको आबद्ध बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा बिहीबारबाट शुरु भएको छ ।
सहकारी विभागले जारी गरेको निर्देशिका अनुसार संस्थाको आठौं वार्षिक साधारणसभा पुस ९ गते बिहीबारबाट शुरु गरिएको संस्थाका अध्यक्ष नन्दमान भट्टराईले जानकारी दिनुभयो ।
संस्थाले पुस ९ गते बिहीबारबाट संस्थाको आठौं वार्षिक साधारणसभा शुरु गरेको, १० गते मियावारी, ११ गते कालिस्थान चिमरिया मेडीकल, १३ गते ओमचोक, १२, १४, १६ र १७ गते संस्थाको कार्यालयमा साधारण सभा गरी १८ गते संस्थाको कार्यालयमा साधारण सभा समापन गरिने उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष नन्दमान भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखा अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष राजन वाग्लेले स्वागत गरेका थिए ।
कार्यक्रममा शिक्षासेवी हरिकुमार प्रसाईं , नेपाल अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई , बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल विमली , संस्थाका संस्थापक अध्यक्ष अच्युत दाहाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार समिति सदस्य वेदान्त ठकुरी, डिल्लीरमण लुइँटेल, उत्कृष्ट कर्मचारी संस्थाकी सहलेखापाल ईश्वरा तामाङ, उत्कृष्ट बचतकर्ता तारा घिमिरे, रविन कोइराला , असल ऋणी डिल्लीमान चौहान, नरवहादुर लकाईं, शेयर सदस्यका छोराछोरीमध्ये एसईईमा उत्कृष्ट रोमन विष्ट र विविषा कार्कीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष भट्टराईले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गनुृभएको थियो । संस्थाको शेयर सदस्य एक हजार तीन सय ५१ जना, शेयर पूँजी एक करोड ८८ लाख ७६ हजार एक सय रुपैयाँ, निक्षेप चार करोड ६७ लाख ८२ हजार सात सय ७० रुपैयाँ, कर्जा लगानी ११ करोड ६१ लख ४५ हजार पाँच सय ४७ रुपैयाँ र नाफा ३५ लाख ६५ हजार दुई सय ९१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाले लकडाउन अवधिमा ऋणी सदस्यको एक लाख ४४ हजार ७४ रुपैयाँ व्याज छुट गर्नुका साथै बिर्तामोडको कोरोना कोषमा २१ हजार एक सय ११ रुपैयाँ र शेयर सदस्य तथा विपन्न गैर शेयर सदस्यलाई ३१ हजार चार सय १२ रुपैयाँ बरावरको खाद्यान्न बितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी संस्थाले संस्थाका सदस्यहरु वा सदस्यहरुको एकाघर परिवारका सदस्यको मृत्यु हुँदा राहतकोष कार्यविधी २०७६ अनुसार पाँच हजारदेखि ५५ हजार रुपैयाँ राहत उपलव्ध गराउँदै आएकोमा साधारण सभाबाट संसोधन गरी १० हजारदेखि एक लाख १० हजार रुपैयाँ पुर्याइने, एसएमएस सेवा शुरु गर्ने, उत्पादन क्षेत्रमा लगानी गर्ने, सदस्यको कर्जा वरावरको वीमा गर्नेलगायत रहेको वार्षिक कार्ययोजना बनाएको छ ।

कार्यक्रममा लेखा समितिका संयोजक दशरथ पराजुलीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी वैंक बिर्तामोडका शाखा प्रवन्धक विवेक डाँगी, न्युटन्स एजुकेशन फाउण्डेशनका प्रिन्सीपल देवेन्द्र हुमागाईं, गौरवशाली साकोसका अध्यक्ष लवकुमार चौधरी, उन्नतीशील साकोसकी अध्यक्ष उमा मिश्र, जात्रुवाडी नमूना टोलविकास संस्थाका अध्यक्ष देवीचरण रेग्मी, संगीतमार्ग टोलविकास संस्थाका अध्यक्ष घनश्याम गिरी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक पर्वत चिमरियाले गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार