३० असार २०८३, मङ्गलबार

सहकारी बैंकको कर्जा अब ७.५ प्रतिशतमा पाईने, कर्जा व्यवस्थापन शुल्क ०.५ मात्रै

२०७७ पुष ८, बुधबार
सहकारी बैंकको कर्जा अब ७.५ प्रतिशतमा पाईने, कर्जा व्यवस्थापन शुल्क ०.५ मात्रै

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले कर्जाको ब्याज घटाएर न्यूनतम ७ दशमलव ५ प्रशित कायम गरेको छ ।

 गत भदौमा सिंगल डिजिटको कर्जा बनाएको बैंकले पुस १० गतेदेखि लागु हुने गरी नयाँ ४ वटा कर्जाका प्रकार तयार गरी त्यसको ब्याज न्यूनमत ७ दशमलव ५ प्रतिशत कायम गरेको हो । कर्जाका नयाँ प्रकार सवल सहकारी कर्जा, गरिवी निवारण कर्जा, अल्पकालिन व्यवसायिक कर्जा र व्यवसायिक किस्ताबन्दी कर्जा कायम गरी ७ दशमलवव ५ देखिदेखि ९ दशमलव ५ सम्म कायम गरेको छ ।

 बैंकको बुधवार सम्पन्न सञ्चालक समितिको वैठकले कर्जाको ब्याजदर कम गर्नुका साथै ब्यवस्थापन शुल्कमा समेत परिमार्जन गरेको छ । चालुपूँजि कर्जामा ० दशमलव ७५ र अन्य कर्जामा ० दशमलव ५ प्रतिशत लिदै आएको बैंकले सबै कर्जामा ब्यवस्थापन शुल्क ० दशमलव ५ कायम गरेको छ ।

बैंकले कर्जाको ब्याजदर घटाए पनि बचतको ब्याजदर भने घटाएको छैन । सहकारी क्षेत्रको कुनै पनि संघ संस्थाले ब्याजको कारण कर्जाको लागि अन्य निकायमा जानु पर्ने अवस्था हटाउने र संरक्षित पूँजिफिर्ता कोषको फाइदा र महत्व अनूभूति समेत गराउन बैंक प्रयासरत रहेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

वित्तीय सेवाका साथै सहकारी संस्थाहरुलाई आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा सहकारी बैक मार्फत प्रदान गर्न पूर्वाधार तयारी, कार्यविधि निर्माण र प्रयोगात्मक परिक्षण भई रहेकोले सम्पूर्ण सहकारीहरुलाई कुनै पनि समस्या परेमा नजिकको शाखामा सम्पर्क राख्न सकिने समेत अध्यक्ष उप्रेतीले बताउनुभयो ।

बैंकले गत आर्थिक वर्षको कारोबारबाट सदस्य संस्थाहरुलाई १५ प्रतिशत मुनाफा वितरण गरेको र कारोबारका आधारमा संरक्षित पूँजिफिर्ताकोषबाट सदस्य संस्थाहरुलाई १२ करोड ७० लाख भन्दा बढी रकम भुक्तान गर्ने तयारीमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय