३० असार २०८३, मङ्गलबार

पुस मसान्त भित्र ६८ शाखा पुर्याउँदै सहकारी बैंक, तुलसीपुर शाखा सञ्चालनमा

२०७७ पुष ६, सोमबार
पुस मसान्त भित्र ६८ शाखा पुर्याउँदै सहकारी बैंक, तुलसीपुर शाखा सञ्चालनमा

तुलसीपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडले दाङको तुलसीपुरमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष के.बी. उप्रेतीले शाखा कार्यालयको उद्घाटन गर्नु भएको हो ।

नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा सञ्चालनको अनुमति दिएपछि बैंकले शाखा सञ्चालनको प्रक्रिया थालनी गरेको थियो । ४४ वटा शाखामार्फत सदस्यहरु लाई सेवा प्रवाह गर्दै आएको सहकारी बैंकले पुस मसान्त भित्र ६८ वटै शाखामार्फत सेवा सञ्चालन गर्ने भएको छ ।

सहकारी बैंकका सदस्य संस्थाहरु ७७ वटै जिल्लामा छन् । बैंकमा हाल १२ हजार २ सय ८३ सहकारी संघरसंस्था सदस्य रहेका छन् । नेपाल सरकार सहित देशभरका सहकारी संघरसस्थाहरुको शेयर रहेको बैंकमा हाल २ अर्ब ४८ करोड शेयर रकम, ५१ अर्ब ३६ करोड निक्षेप र २४ अर्ब २८ करोड कर्जा लगानी रहेको छ ।

अभिलेख

लोकप्रिय