सहकारीलाई बचत परिचालनमा बन्देज
बहुउद्देश्यीय, उत्पादनमूलक वा स्व–रोजगारीमूलक सहकारी संस्थाहरूले बचत परिचालन सेवा सञ्चालन गर्दा नियमित बचत (अर्थात्प्रतिसदस्य महिनावारी रु. १।– देखि १,०००।– सम्म) मात्र सङ्कलन गर्न सक्तछन् । त्यसमाथि सङ्कलित बचतको दायित्व सोसमेत जम्मा वार्षिक व्यावसायिक कारोबारको ३० प्रतिशत नाघ्नु हुँदैन ।
उदाहरणका लागि रेसम खेती संस्थाले कुनै आवमा सदस्यहरूसँग गरेको खरिद र विक्री कारोबार रु. १ करोड ७५ लाख रहेछ भने सदस्यहरूबाट जम्मा गरेको बचतको रकम ७५ लाख वा त्यसभन्दा घटी हुनुपर्दछ । यदि दैनिक बचत सेवा सञ्चालन गर्ने हो भने स्वयम्व्यावसायिक कारोबारमा संलग्न नहुने विषयगत बचत तथा ऋण संस्थामा दर्ता हुनुपर्ने हुन्छ । भनाइको अर्थ, एकीकृत सहकारी सेवाअन्तर्गत सीमित मात्रामा बचत परिचालनको काम उत्पादनमूलक वा बहुमुखी संस्थाहरूले पनि गर्न सक्तछन् तर बचत तथा ऋणको विषयगत संस्थाले वस्तु व्यवसायको काम कत्ति गर्न सक्तैन । वित्त व्यवसायका सर्वमान्य मानदण्डहरू हुन्छन् । वाणिज्य बैङ्कहरू कुनैले पनि वस्तुको बेपार गर्दैन ।
सीमित बचत परिचालनको सुविधा बहुउद्देश्यीय संस्थाका साथै प्राथमिक उत्पादक वा श्रमिक संस्थाहरूको हकमा मात्र मिल्ने हुन्छ । अर्थात्उपभोक्ता संस्थाहरूले मासिक बचत पनि सङ्कलन गर्न सक्तैनन् । कारण उपभोक्ता संस्थाहरूको सेवा आम्दानीतर्फ पर्दैन, खर्चतर्फ पर्दछ र एकीकरणको कुरै आउँदैन । फेरि उपभोक्ताहरूले बचत तथा ऋण विषयगत संस्था नै खोल्न सकिहाल्दछन् । सहकारी भन्डार (Co-operative store), यातायात वा अस्पतालहरूले बचत सङ्कलन गर्ने कुरो सुन्दै सुहाउने लाग्दैन ।
साथै विषयगत बचत तथा ऋण संस्थाले नै पनि सहकारी बचत योजनाका स्वीकृत मानदण्डभित्र सदस्यहरूको बचत खातामात्र खोल्न र सङ्कलित रकम परिचालन गर्न सक्ने हो । चल्ती वा मुद्दती खाता खोल्न वा थप वित्तीय सेवामा संलग्न हुन नेपाल राष्ट्र बैङ्कबाट सीमित बैङ्किङ कारोबार गर्ने स्वीकृति लिनुपर्ने हुन्छ । वित्तीय जोखिमअनुसार तह–तहमा सक्षमताको नियामक मानदण्डहरू लागू हुन्छन्।
सहकारी संस्था दर्ता दिग्दर्शन (स्थानीय तह)-२०७४
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार