सहकारी महासंघ र विभागको अगुवाईमा गुणस्तर प्रमाणीकरण कार्यक्रम सञ्चालन गर्नुपर्छ : के.बी. उप्रेती
काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारीको गुणस्तर कायम नभएकाले नै समय समयमा सहकारीमा समस्या आउने गरेको बताउनुभएको छ ।
सहकारी बैंकले ऋण लगानी गर्दा सुरक्षणमा निश्चित हुनका लागि सहकारीको वर्गिकरण गर्ने गरेको बताउनुभयो ।
‘ऋण लगानी गर्दा समस्या देखिएकाले सहकारीको श्रेणी विभाजन गरेका हौं,’ उहाँले भन्नुभयो, ‘हाम्रो सूचकांकको आधारमा ए र बी श्रेणीमा पर्ने सहकारीलाई बिनाधितो कर्जा दिने गरेका छौं ।’
नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले आज राजधानीमा आयोजना गरेको ‘सहकारीमा गुणस्तर मापन’ विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले सहकारी संघहरुले छुट्टाछुट्टै गुणस्तर प्रमाणीकरणको कार्यक्रम संचालन गर्दा श्रोत, साधन र जनशक्ति जुटाउन कठिन हुने भएकाले महासंघ र विभागको अगुवाईमा विवादरहित बनाएर कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
महासंघ र विभागको अगुवाईमै ऐन, नियमावली नबाझिने गरी गाइडलाइन बनाएर सहकारीको नियमन गर्न आवश्यक भएको उहाँको भनाइ छ । स्तरीकरण विभाग नै गठन गरेर खराब कर्जा हटाउन ब्रान्डिङ गर्न खोजिएको उहाँको भनाइ छ । सहकारी स्वनियमनमा जान ब्राण्डले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई थियो ।
‘सहकारीमा सुशासन ल्याउन गुणस्तर मापन नै मुख्य माध्यम हो’, उहाँले भन्नुभयो, ‘यसले सहकारी स्वनियमनमा चल्ने र पारदर्शी हुन सघाउ पुग्ने छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
