१३ भदौ २०८३, शनिवार

अभियानको सहमती भए एक महिना भित्र कर्जा सूचना केन्द्र स्थापना गर्न सक्छौं : रजिष्ट्रार पाण्डे

२०७७ पुष ३, शुक्रबार
अभियानको सहमती भए एक महिना भित्र कर्जा सूचना केन्द्र स्थापना गर्न सक्छौं : रजिष्ट्रार पाण्डे

काठमाडौं : सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारी अभियानको मतान्तरका कारण कर्जा सूचना केन्द्र स्थापना गर्न नसकिएको खुलाखा गर्नुभएको छ ।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले आज राजधानीमा आयोजना गरेको ‘सहकारीमा गुणस्तर मापन’ विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले अभियानको सहमती भएको अवस्थामा एक महिना भित्र केन्द्र स्थापना गर्न सकिने ठोकुवा गर्नुभएको हो ।

‘कर्जा सूचना केन्द्र एक महिना भित्र संचालनमा आउन सक्छ, प्रणालीमा भएको डाटाबाट सहकारीले शून्य खर्चमा कर्जाको जानकारी पाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘सहकारी विभाग त्यो जिम्मा लिन तयार छ ।’

अभिलेख

लोकप्रिय