सबै सहकारी गुणस्तर छ भन्नेमा हामी पनि विश्वस्त छैनौं : अध्यक्ष कँडेल
काठमाडौं : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले ब्रान्डेड सधैंभरीलाई नहुने बताउनु भएको छ । ‘सामान्यतया सहकारीको ब्रान्ड एक वर्षको लागि हुने हो’, उहाँले भन्नुभयो, ‘एक पटक ब्रान्डिङ भएपछि व्यवस्थापन कमजोर हुँदा समस्या आउन सक्छ ।’
वित्तीय कारोबार, संस्थागत सुशासनमा स्तरीकरणले महत्वपूर्ण टेवा पुग्ने उहाँको धारणा छ । ‘सदस्य सचेत हुने हो भने स्वनियमन प्रभावकारी हुन्छ’ नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको ‘सहकारी गुणस्तर मापन’ सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो, ‘सम्बन्धीत संघ र नियमन निकायले नियमन गर्नु अपरिहार्य भएको छ ।’
संस्थामा खराखी नआओस् भनेर गुणस्तर मापन गरिन्छ’ उहाँले भन्नुभयो, ‘अहिले बचत सहकारीमा मात्रै भएपनि भोली अन्य प्रकृतिका सहकारीमा पनि गुणस्तर मापन गर्नुपर्छ ।’
अन्तर्राष्ट्रिय सहकारी गुणस्तर मापदण्डमा चल्ने सहकारीमा कुनै समस्या नहुने कंडेलले बताउनुभयो। महासंघले पनि गुणस्तरलाई उच्च प्राथमिकतामा दिएको जानकारी गराउनुभयो । महासंघले सहकारी स्तरीकरणका लागि कार्यविधि बनाउन थालिएको बताउनुभयो ।
‘महासंघले विज्ञ समूह बनाएर गुणस्तरमा सघाउ पु¥याउनेगरी महासंघ अघि बढ्दै छ’ उहाँले भन्नुभयो । गुणस्तरमा जान दुईमत नभएको र धेरै तहमा नियमन निकाय भएकाले संयुक्तरुपमा अनुगमन गर्न आवश्यक भएको उहाँको भनाई छ । कमजोरी गर्ने सहकारीलाई नियमक निकायले कारवाही गर्न सक्ने उल्लेख गर्नुभयो ।
‘एउटा संस्थाले खराब गर्दा सिंगो अभियान नै बदनाम हुने भएकाले संयुक्तरुपमा अनुगमन गरी सहकारीमा गुणस्तर कायम गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘सबै सहकारीमा गुणस्तर छ भन्नेमा हामी पनि विश्वस्त छैनौं ।’
नीति, विधिले सहकारी चल्ने भएकाले ब्रान्डलाई सामान्य ढंगले हेर्न नहुने उहाँको भनाइ छ । ‘ती संस्थाले सेवाशुल्कका नाममा एक पैसा पनि लिएका छैनन्’ उहाँले भन्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार