२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीबाट चप्पल लगाउने सदस्यभन्दा टाई-सुट लगाउने सञ्चालकले बढी लाभ लिए : रजिष्ट्रार पाण्डे

२०७७ पुष ३, शुक्रबार
सहकारीबाट चप्पल लगाउने सदस्यभन्दा टाई-सुट लगाउने सञ्चालकले बढी लाभ लिए : रजिष्ट्रार पाण्डे

काठमाडौं : सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारी संस्था साग बेच्ने, चप्पल लगाएर हिड्ने सदस्य भन्दा टाइ सुट लगाएर हिँडने व्यक्तिहरुले लाभ लिने प्रवृति बढेको बताउनु भएको छ ।

‘टाईसुट लगाएकालाई बलियो बनाउने की चप्पल लगाएका सदस्यलाई बलियो बनाउने भन्ने अभियानले हेक्का राख्नुपर्छ’, उहाँले भन्नुभयो ।

नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको ‘सहकारी गुणस्तर मापन’ सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै रजिष्ट्रार पाण्डेले प्रमाणीकरणमा धेरै प्रश्न उठेकाले विभागले गुणस्तर मापनबाटपछि हटेको जानकारी गराउनुभयो । ‘गुणस्तर प्रमाणीकरणमा कानूनको परिपालना गर्न विभागले जोड दिएको छ’, उहाँले भन्नुभयो, ‘प्रमाणीकरण राम्रो काम भयो तर विभाग संलग्न हुनैपर्छ भन्नै छैन ।’ गुणस्तरको प्रमाणपत्र दिँदा कोड अफ कन्डक्ट पालना नहुने, बिजनेसमा इन्ट्रेस्ट बाँझिने भएकाले विभागले मापनबाट पछि हटेको उहाँले बताउनुभयो ।

एक वर्ष नै नटिक्ने गुणस्तर मापनमा सहकारीलाई विभागले प्रमाणपत्र नदिने उहाँको भनाई थियो । ‘गुुणस्तर मापन नराम्रो होइन तर हामीले मापन गर्दा जटिलता आउने देखिएकाले समस्या भएको हो’, उहाँले भन्नुभयो, ‘कानूनको पालना गर्नमा सहकारी अभियानले पनि चासो नदिएको र विभागले पनि गर्न नसकेको हो । सहकारी सुशासनमा विभागले विशेष ध्यान दिएको छ ।’

‘गुणस्तरमा जाने सहकारीमा सुशासन हुन्छ भन्ने मलाई विश्वास छैन’ उहाँले भन्नुभयो, ‘गुणस्तर डिमान्ड बेस हो की सप्लाई बेस हो भन्ने मुख्य कुरा हो । नेफ्स्कुनले ब्रान्डिङ सुरु ग¥यो अहिले सबै केन्द्रीय संघले नक्कल गर्न थालेका छन् ।’

अभिलेख

लोकप्रिय