१५ वर्षमा जनउत्थान साकोस, १४ अर्बको संस्था बनाउने लक्ष्य
बुटवल : वि.स. २०६२ सालमा स्थापना भएको जनउत्थान बचत तथा ऋण सहकारी संस्था १५ वर्ष प्रवेश गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी संस्थाले १५ औं वार्षिक उत्सव मनाएको छ ।
वि.स. २०५९ सालमा ३१ सदस्यबाट प्रतिव्यक्ति सय रुपयाँ उठाएर बाग्लुङ सामुदायिक संस्थाको नाममा सुरु गरिएको संस्था आज मुलुककै उत्कृष्ठ सहकारीको रुपमा परिचित छ ।
१५ औं वार्षिक उत्सवको अवसरमा प्लस टु र ब्याचलर अध्ययन गर्ने १२ जना विद्यार्थीहरुलाई ५/५ हजार गरिब वा जेहन्दार छात्रवृत्ती वितरण गरिएको छ ।
१२ जना बाख्रा पालकहरुलाई १०/१० हजार २ वर्ष लागि निर्ब्याज ऋण सहयोग गरेको छ । १० जना सफल ब्यापारीहरुलाई सफल व्यवसायी सम्मान कार्यक्रम, १० जना सफल कृषकहरुलाई सफल कृषक सम्मान कार्यक्रम, ३ वटा आमा समूहरु (बभनी आमा समूह बभनी, आदर्श आमा समूह मडाहा, दिपज्योति आमा समूह भैरहवा) लाई १५/१५ हजार आमा समूह विकास अक्षय कोष सहयोग गरेको छ ।
३ वटा विद्यालयहरु ५०/५० हजार विद्यालय विकास अक्षय कोष सहयोग र नेपाल अभिनास अनाथ आश्रम कोटिहवालाई १५ हजार अक्षयकोष सहयोग कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष ज्ञानु पौड्यालले बताउनुभयो ।

संस्थाले आर्थिक वर्षभित्र २५ हजार साधारण सदस्य पुर्याउने लक्ष्य निर्धारण गरेको छ । हाल संस्थामा २० हजार ९ सय ५८ सदस्य रहेको छ । रुपन्देहीको तिलोत्तमा १५ कोटिहवामा केन्द्रिय कार्यालय रही जिल्लाका अन्य ४ स्थानमा सेवा कार्यालय सञ्चालनमा ल्याएको सहकारीले थप ३ सेवा कार्यालय विस्तार गर्ने योजना बनाएको छ ।
संस्थाको वासलत २ अर्ब ५ करोड बराबरको रहेको छ भने आगामी १० वर्ष भित्र १४ अर्ब पुर्याउने लक्ष्य राखेको छ । सो अवधिसम्म २१ वटा सेवा केन्द्रहरु स्थापना गर्नुका साथै १ लाख २० हजार ३ सय ४६ सेयर सदस्य पुर्याउने लक्ष्य राखिएको संस्थाका व्यवस्थापक रनबहादुर थापाले बताउनुभयो । संस्थामा ४२ जना कर्मचारी रहेका छन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
