सम्वृद्ध काभ्रे कृषि सहकारीको ७औं साधारण सभा सम्पन्न, चक्लाबन्दी खेति गर्दै
बनेपा : सम्वृद्ध काभ्रे कृषि सहकारी संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । अध्यक्ष, कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष एवं जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष पुरुषोत्तम हुमागाईंले संस्थाले आर्थिक वर्ष २०७६/७७ मा थालेका ९० प्रतितशत काम पूरा भएको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पराजुलीले संस्थाले कृषिको क्षेत्रमा गरेका काम सराहनीय रहेको, चक्लाबन्दी खेतिको काम गरेको र समुहगत रुपमा सदस्यहरुलाई तालिम दिईरहेको बताउँदै जिल्ला सहकारी संघ सम्वृद्ध काभ्रे कृषि सहकारी संस्थासँग सहकार्य गर्न तत्पर रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका कार्यकारी संचालक जयराम सिग्देलले कृषि क्षेत्रमा क्रियाशील सम्वृद्ध काभ्रे कृषि सहकारीले चालू आर्थिक वर्षमा एक सय रोपनीमा चक्लाबन्दी खेति, खाडी मुलुकमा तयारी तथा खाद्य उपज निर्यात, आलुको ग्रेडिङ तथा प्याकेजिङ, महिला सदस्यहरुका लागि सीपमूलक सिलाई कटाई तालिम गराईरहेको र चालू आर्थिक वर्षमा सयभन्दा बढीलाई स्वरोजगार बनाउने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ५ का अध्यक्ष बलराम अधिकारीले सहकारी संस्थाहरुले स्थानीय सरकारसँग समन्वय गरि काम गर्नुपर्ने बताउनुहुँदै सम्वृद्ध काभ्रे कृषि सहकारीसँग सहकार्य गर्न, आवश्यक सहयोग गर्न पालिका तयार रहेको बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार