चन्द्र प्रसाद ढकालद्वारा दोहोरो सदस्यता परित्याग
काठमाडौं : नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी ऐन २०७४ को कानुनी प्रावधानलाई आत्मसात गर्दै दोहोरो सदस्यता परित्यागको घोषाणा गर्नुभएको छ ।
ऐन कार्यान्वयनमा प्रतिबद्ध रहेको भनाई
उहाँले नवलपरासी वर्दघाटस्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि।को सदस्य पद त्यागको घोषणा सहित आज औपचारिक रुपमा संस्थामा निवेदन दर्ता गर्नुभएको छ ।
“मैले एउटै स्थानीय तह भित्र एकै प्रकृतिको दुई वटा संस्थामा सदस्य नरहने कानुनी व्यवस्था अनुरुप ग्रामीण साकोसको सदस्यता त्याग गर्न निवेदन दिएको छु,” बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “अब म नवलपरासीको बर्दघाट नपा २ चिसापानी स्थित हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थामा मात्र आबद्ध रहनेछु ।”
सहकारी ऐन २०७४ को दफा ३२ ९१० मा “कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एकभन्दा बढी संस्थाको सदस्य हुन पाउने छैन”भनी उल्लेख गरिएको छ । ऐन कार्यान्वयनका लागि ३ वर्षको समयावधि उपलब्ध गराइएकोमा उक्त प्रावधान विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरिएको र सँगै कोभिडका कारण कार्यान्वयनमा समस्या पर्ने भन्दै आवाज उठिरहेको समयमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्षले आज उक्त घोषणा गर्नुभएको हो ।
“एउटा विषयगत केन्द्रीय निकायको माथिल्लो तहमा बसेका कारण अरुका लागि ऐन कार्यान्वयनमा प्रेरित गर्न मैले यो निर्णय गरेको हुँ,” बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “सहकारी ऐन २०४८ को आधारमा विगतमा दुईवटा संस्थामा रहेपनि पछिल्लो ऐनको प्रावधान अनुरुप मैले एउटामा मात्र रहने निर्णय गरेको हुँ ।”
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार