१३ भदौ २०८३, शनिवार

विकू दियो कर्मचारीलाई व्यावसायिकता विकास तालिम

२०७७ मंसिर २७, शनिवार
विकू दियो कर्मचारीलाई व्यावसायिकता विकास तालिम

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्रनो कर्मचारीहरुको लागि व्यावसायिकता विकास तालिम दिएको छ । संस्थामा कार्यरत १९ वटा सेवा केन्द्रका कर्मचाहरुलाई चार दिन सम्म तालिम प्रदान गरिएको हो । तालिम २३ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिएको थियो ।

कर्मचारीहरुको क्षमता अभिवृद्धि, ज्ञान, सिप र धारणको विकास गर्दै संस्थालाई थप उचाईमा लैजान तालिम महत्वपुर्ण हुने संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाले बताउनुभयो ।

तालिममा संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेल, विभागिय प्रमुख एवं क्षेत्रीय प्रमुखहरुले 5s Assessment ,Personality Development , Member Care, self Motivation & office management को विषयमा सहजिकरण गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय