जेष्ट बचतको १२औं साधारण सभा सम्पन्न, संस्थाको कारोबार २ अर्ब नाघ्यो
काठमाडौं : गोंगबुमा मुख्य कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारी संस्थाको १२औं बार्षिक साधारणसभा तथा १३औं बार्षिकोत्सब मनाईएको छ । साधारणसभाको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।
साधारण सभामा संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष इन्दिरा अधिकारीले कोभिड महामारीको विषम् परिस्थितिका बेला पनि सदस्य सेवा निरन्तरतलाई ध्यान दिँदै साकोसले सहुलियतपूर्ण ऋण सुविधा, सदस्य घरदैलो सेवा र वित्तीय एवम् सामाजिक सुरक्षणका कार्यक्रमहरुमा विशेष जोड दिएको जानकारी गराउनुभयो । उहाँले संस्थाको रणनीतिक योजना र व्यवसाय निरन्तरता योजना सहित साकोसका गतिविधिहरुलाई गतिशील र दिगो बनाउने अभियानमा जुट्नुका साथै सदस्यहरुलाई व्यावसायिकता विकासमा क्रियाशील बनाउने संस्थाको नीति रहेको दाबी गर्नुभयो ।

कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार शम्भु प्रसाद निरौला, चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विभिन्न सेवा केन्द्रहरु मार्फत साताव्यापी सदस्य उपस्थिति सहित साधारणसभा शुरुवात गरेको उक्त साकोसले आज सीमित संख्यामा उपस्थिति र विद्युतीय प्रविधि (जुम एप्लिकेन्सस्) मार्फत सदस्य सहभागिता सहित साधारणसभाको समापन गरेको हो । ५ हजार ७ सय १० सदस्य रहेको उक्त साकोसको कुल कारोबार करिब २ अर्ब ५ लाख रहेको छ । संस्थाले यस बर्ष १ करोड ४६ लाख २५ हजार मुनाफा आर्जन गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार