सेवाकेन्द्र स्तरीय विस्तारित बैठक गरी सिवाईसी साधारण सभा
बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको ११ ओैं साधारणसभा सेवाकेन्द्र स्तरीय विस्तारित बैठक गरी सम्पन्न गरिने भएको छ । सदस्यहरुको राय तथा सुझाव लिँदै १० वटा सेवा केन्द्रमा छुट्टाछुट्टै साधारण सभा सम्पन्न गर्ने कार्यक्रम बनाएको सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्माले जानकारी दिनुभयो ।
साधारण सभाको पहिलो दिन (सोमबार) नवमालिका र कल्याणकारी सदस्य सेवाकेन्द्रमा छुट्टाछूट्टै विस्तारित मञ्च कार्यक्रम गरेको छ । मालिकाको कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले सहकारी संस्था ७ वटा सिद्धान्त अनुसार चल्नुपर्ने बताउनुभयो । सहकारीको शेयर सदस्य बन्दा राम्रोसँग बुझेर मात्र बन्नुपर्ने र बागलुङमा सिवाईसी सहकारीले राम्रो काम गरिरहेको कारण यसले फड्को मारिरहेकोले यसलाई अझै राम्रोसँग अगाडि बढाउन सापकोटाले सुझाव राख्नुभएको थियो। स्वास्थ सहकारी संस्थाका कोषाध्यक्ष शालिकराम सापकोटा , मुक्तिराम आचार्य लगायतका बक्ताहरूले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

त्यसैगरी सिवाईसी साकोसको कल्याणकारी सदस्य सेवाकेन्द्र अन्तरगत तित्याङमा पनि विस्तारित मञ्च सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बद्रि प्रसाद शर्मा पौडेलले सदस्यहरुको साथ सहयोग अझ बढि पाउन सके संस्थाले छिटो फड्को मार्ने धारणा राख्नुभयो । उहाँले सिवाईसी साकोसका कार्यक्रमहरु लोकप्रिय रहेकोले सदस्यहरुको विश्वास जित्न सफल भएको बताउनुभयो । कार्यक्रममा सिवाईसी साकोसका सल्लाहाकार सिता शर्मा, सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्थाका संचालक डोलेन्द्र शर्मा र सेवाकेन्द्र संचालन तथा व्यवस्थापन उपसमिति सदस्य गोपाल कुमार शर्मा र पुर्व लेखा सुपरिवेक्षण समिति सदस्य नारायण शर्माले शुभकामना मन्तव्य र कल्याणकारी सदस्य सेवाकेन्द्र तित्याङका संयोजक कुमार प्रसाद उपाध्यायले स्वागत, संचालन सचिव लक्ष्मण खड्काले गर्नुभएको थियो ।
दुबै कार्यक्रम सिवाईसी सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्माको अध्यक्षतामा भएको थियो ।
साधारणसभा प्रगति प्रतिवेदन सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपाने, आर्थिक प्रतिवेदन कोषाध्यक्ष सितादेबी सापकोटा कडेलले प्रस्तुत गर्नुभएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
